
पोखरा भ्यूज
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको जोन ६ अन्तर्गतका लायन्स क्लबहरुको जोन मिटिङ सम्पन्न भएको छ ।
जोन ६ अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ पोखरा पिस टाउन, पोखरा पेन्गुइन्, पोखरा महालक्ष्मी, पोखरा आँधीखोला र पोखरा ढुङगेसाँघुका क्लब अध्यक्ष एवं क्लब अफिसरहरुको उपस्थितिमा सेकेण्ड एडभाईजरी मिटिङ सम्पन्न भएको हो ।
जोन ६ का जोन चेयरपर्सन केसी माया नेपालीको अध्यक्षता, लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न जोन मिटिङमा डिष्ट्रिक्ट को–चिफ एडभाईजर अमृत शोभा खत्री, डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, क्लस्टर २ का क्लस्टर चिफ भावना बसेल, को–क्लस्टर चिफ शुशील पौडेल, रिजन ३ का रिजन चेयरपर्सन ज्ञानबहादुर राना, जोन ५ का जोन चेयरपर्सन दामोदर आचार्य ५ वटा क्लबका अध्यक्ष एवं क्लब पदाधिकारीको उपस्थिति रहेको थियो ।
मिटिंगमा ५ वटै क्लबका अध्यक्ष, सचिव र कोषाध्यक्षहरू पोखरा पिस टाउनबाट कान्ति पौडेलको नेतृत्व गर्दै सचिव कल्पना केसी रावत, पोखरा पेन्गुइन्का शिवप्रसाद पौडेल, धिरज श्रेष्ठ पोखरा महालक्ष्मी लक्ष्मण आचार्य, रामप्रसाद खतीवडा, आँधीखोला पार्वती पनेरू, सिता ठाडाराई, अस्मिता थापा र पोखरा ढुङगेसाँघुका मुकेश ढकालले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मिटिंगमा बोल्दै बोल्दै प्रमुख अतिथि चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईले जोन ६ अन्तर्गतका क्लबहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएकोमा आफू ज्यादै खुशी भएको बताए ।
होटल रोजमेरी लेकसाईड पोखरामा सञ्चालन भएको दोस्रो एडभाइजरी मिटिङमा डिष्ट्रिक्ट को–चिफ एडभाईजर अमृत शोभा खत्री, क्लस्टर २ का क्लस्टर चिफ भावना बसेल, रिजन ३ का रिजन चेयरपर्सन ज्ञानबहादुर रानाले जोन ६ अन्तर्गतको क्लबहरुले प्रस्तुत गरेका प्रतिवेदन अति नै उत्कृष्ट रहेको र उल्लेखनिय कार्यहरु गर्न सफल भएको भन्दै प्रशंसा गरेका थिए ।
मिटिङमा विभिन्न ७ वटा एजेण्डाहरूमा छलफल गरिएको जोन चेयरपर्सन नेपालीले बताईन् । उनका अनुसार डिष्ट्रिक्ट र अन्तर्राष्ट्रियले प्राथमिकतामा राखेका कार्यक्रमहरू प्रभावकारी कार्यान्वयन, क्लबको अन्तर्राष्ट्रिय, मल्टीपल र डिष्ट्रिक्ट शुल्क भुक्तानी, नयाँ क्लब गठन तथा सदस्यता वृद्धि, तेस्रो क्याविनेट बैठकमा सहभागी हुने, क्लबले गरेका कमिटमेण्टहरु पुरा भए नभएको, क्लब द्वारा सम्पादित सेवा कार्यक्रमहरु लायन्स अन्ताष्ट्रियको पोटलमा रिर्पोटिङ लगाएतका विषयमा छलफल गरिएको थियो ।











