२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरस्वास्थ्य

फिस्टेल हस्पिटल पोखरामा फिस्टेल आईभिएफ फर्टिलिटि सेन्टर सञ्चालनमा

पोखरा भ्यूज

पोखरा । पोखराको गैह्रापाटनस्थित फिस्टेल हस्पिटलमा फिस्टेल आईभिएफ फर्टिलिटि सेन्टर सञ्चालनमा आएकोछ ।  पोखरा महानगरपालिका मेयर धनराज आचार्यले फर्टिलिटि सेन्टरको उद्घाटन गरेका हुन् । 

शुक्रबार फर्टिलिटि सेन्टर उद्घाटन गर्दै मेयर आचार्यले पोखरामा विस्तारै अत्याधुनिक मेडिकल सेवाहरु थप हुँदैजानु सुखद रहेको बताए । धेरै मानिसले ध्यान नदिएको तर जतिलाई निसन्तानपनको पिडा परेको हुन्छउनीहरुका लागि आईभीएफ बरदान सावित हुने भएकाले सर्वसुलभ र विश्वसनीय ढंगले  फिस्टेल आईभिएफफर्टिलिटि सेन्टरले सेवा दिनेमा विश्वास व्यक्त गरे । 

फिस्टेल हस्पिटलको तेस्रो तल्लामा फिस्टेल आईभिएफ फर्टिलिटि सेन्टर स्थापना गरेर सेवा सुरु गरिएको हो ।कार्यक्रममा समाजसेवी कर्मकुमारी गुरुङले सन्तान नभएका दम्पतीलाई समाजले विभिन्न प्रकारका गलतआरोपहरु लगाउने र नमिठा शब्दको प्रयोग गर्दै होच्याउने जस्ता प्रवृत्तिहरु रहेको जनाउँदै अब कोहीपनि दम्पत्तीसन्तानविहिन हुन नपर्नेप्रति खुशी व्यक्त गरिन् । 

कार्यक्रममा फिस्टेल अस्पतालका निर्देशक अशोक पालिखेले पोखरामा मेडिकल विषय पढाई हुनेविश्वविद्यालय तथा मेडिकल कलेजहरु विस्तारै बढ्दै जाँदा फिस्टेल आईभीएफ फर्टिलिटि सेन्टर मेडिकलटुरिज्मको स्रोत हुन सक्ने बताए । साथै उनले पोखराबाट विरामीलाई काठमांडौ रिफर गर्नेभन्दा काठमांडौबाटपोखरा रिफर गर्ने खालको वातावरण सिर्जना गर्न सबै मेडिकल व्यवसायी, अस्पताल र स्थानीय  तहले सहकार्यगर्नुपर्ने बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…