२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

कस्मिक एकेडेमीले वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी कर्मचारीलाई निशुल्क कम्प्युटर तालिम प्रदान गर्ने

पोखरा भ्यूज

पोखरा । कस्मिक कम्प्युटिङ्ग एकेडेमीले प्रहरी कर्मचारीको लागि निशुल्क कम्प्युटर सम्बन्धि तालिम प्रदान गर्ने सम्झौता गरेको छ ।

एकेडेमीले प्रहरी कर्मचारीहरुको लागि कम्प्युटर तालिम संचालन गर्नको लागि वडा प्रहरी कार्यालय बैदाम कास्की बीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

बुधवार कस्मिक कम्प्युटिङ्ग एकेडेमी न्यूरोड–९ पोखराका संचालक पुरुषोत्तम कुँवर र वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलावीच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

कार्यालयलाई स्मार्ट अफिसका रुपमा विकास गर्न साथै कार्यालयको सबै किसिमको कार्यहरु डिजिटलाईज हुँदै गईरहेको परिप्रेक्षमा अब सबै प्रहरी कर्मचारीहरु प्रविधिमैत्री हुने उदेश्यले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सुचना प्रविधी (कम्प्युटर) सम्बन्धी अनुशिक्षण (तालिम) प्रदान गर्न यो सम्झौता गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख सन्तोष निरौलाले बताए।

उनले भने, ‘आम जनमानसलाई प्रहरी सेवा प्रभावकारी ढंगबाट उपलव्ध गराउन सूचना प्रविधिको आजको युगमा बैदाम प्रहरीलाई पनि सूचना प्रविधिको क्षेत्रमा अझबढी सशक्त र समयानुकुल बनाई प्रहरीले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन अतिनै आवश्यक रहेकोछ ।’

कम्प्युटर सम्बन्धी ज्ञान नभएका र सामान्य ज्ञान भएका प्रहरी जवान देखी प्रहरी अधिकृत सम्मका प्रहरी कर्मचारीहरुलाई लक्षीत गरी तालिम संचालन गरिने एकेडेमीका संचालक पुरुषोत्तम कुँवरले बताए । तालिममा कम्प्युटर सम्बन्धी आधारभुत कोर्ष, एडभान्स कोर्ष, साईवर सुरक्षालगाएतका कोर्ष संचालित हुनेछन् ।

डिजिटल प्रविधिको विकासले आज क्षणभरमा नै जस्तो सुकै कठिन काम पनि तत्काल पुरा गर्न सकिने भएको छ । आजको युगमा प्रविधिको प्रयोगबिना नेपाल प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र अनुन्धान कार्यमा दक्षता हासिल गर्न नसक्ने भएको हुँदा नेपाल प्रहरीको उक्त लक्ष्यलाई पुरा गर्न यस वडा प्रहरी कार्यालय बैदाम र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रविधिको सम्बन्धमा सामान्य ज्ञान र शिप दिलाउने उद्देश्यका साथ कस्मिक कम्प्युटिङ्ग एकेडेमीले नि:शुल्क रुपमा कम्प्युटर कक्षा संचालन गर्न लागिएको कुँवरले बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…