
पोखरा भ्यूज
सूर्य प्रसाद बास्तोला, भलाम । हरिहर गुफा सन्यास आश्रम, पोखरा–२०, भलाममा शनिवार हुने बालाचतुर्दशी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
आश्रममा यस वर्ष पनि पोखरा लगायत देशका विभिन्न ठाउँबाट भक्तजनहरुको भिड रहने सन्यास आश्रमले जनाएको छ ।
ऐतिहासक तपोभुमी प्रसिद्ध धार्मिक पर्यटकीय एवम् पवित्र तीर्थस्थल श्री हरिहर गुफा सन्यास आश्रममा मंसिर १५ गते शनिवार सत्विजारोपण कार्यक्रम भव्यरुपमा सम्पन्न गराउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको थियो ।
आश्रमले जनाए अनुसार उक्तदिन सार्वजनिक यातायात समेत संचालन हुनेछन् । बस संचालन हुने स्थान रानीपौवा–नारायणस्थान पुल छेउहुँदै फुलबारी ११, केआइसिंह पुल हुँदै मातृशीशु अस्पताल बाटुलेचौरबाट सार्वजनिक यातायातले भक्तजनहरुलाई सेवा दिने आश्रमले जनाएको छ ।
हरिहर गुफा सन्यास आश्रम पोखरा २० भलाम जाऔं सत्विज छरेर पितृ उद्दार गरौं भन्ने मुल नारालाई सार्थक तुल्याउँदै १५ गते हुने वालाचतुर्दशी मेला भव्यरुपमा विभिन्न कार्यक्रमका साथ हुन गइरहेकोले सम्पूर्ण भक्तजन महानुभावहरुलाई सन्यास आश्रम भलामले हार्दिक निमन्त्रणा समेत गरेको छ ।











