२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

जन्मोत्सवमा विविध रचनात्मक कार्य सम्पन्न

पोखरा भ्यूज

पोखरा । पोखरास्थित चारवटा क्लबले परिवारका सदस्यको जन्मदिनको अवसरमा विविध रचनात्मक कार्यक्रमसहित मनाएको छ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ पोखरा पेन्गुइन, पोखरा महालक्ष्मी, पोखरा आँधीखोला र पोखरा ढुङेसाघुको संयुक्त आयोजनामा दुई थान व्हिल चियर, न्यानो कपडा, खाध्यान्न सामाग्री वितरणका साथै नि:शुल्क मधुमेह परिक्षण सम्पन्न गरी परिवारका सदस्यको जन्मोत्सव मनाएको हो ।

रिजन ३ का रिजन चेयरपर्सन ज्ञान बहादुर रानाकी छोरी समिक्षा राना र लायन्स क्लब अफ पोखरा महालक्ष्मीका अध्यक्ष लक्षमण आचार्यकी ममतामयी माता मिठुमाया आचार्यको जन्म दिनको अवसर पारी दुई थान व्हिलचियर, न्यानो कपडा र खाध्यान्न सामाग्री साथै नि: शुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गरिएको क़ार्यक्रमका संयोजक समेत रहेका रिजन चेयरपर्सन रानाले बताए।

लायन्स क्लब अफ  पोखरा पेनगुइनका अध्यक्ष शिव पौडेलको अध्यक्षता डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलको प्रमुख आतिथ्यतामा सम्पन्न क़ार्यक्रममा वडा न. १५ का जनप्रतिनिधि बलराम पौडेल, डिष्ट्रिक्ट चिफ एडभाइजर शैलेन्द्रमोहन भट्टराई, डिष्ट्रिक्ट को –चिफ एडभाइजर अमृत शोभा खत्री, क्लष्टर दुईका क्लस्टर प्रमुख भावना बसेल, क्लष्टर दुईका क्लस्टर को–चिफ सुशील पौडेल, डिजि प्रोग्राम चियरपर्सन शितल श्रेष्ठ, जोन ५ का जोन चेयरपर्सन दामोदर आचार्य, लायन्स क्लब अफ पोखरा महालक्ष्मीका अध्यक्ष लक्ष्मण आचार्य, आधिखोलाका अध्यक्ष पार्वती पनेरू, ढुङेसाघुका अध्यक्ष मुकेश खड्का लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गर्भनर राम बहादुर बसेलले सहयोग सामग्री हस्तान्तरण गर्दै संयुक्त रुपमा गरेका सहयोग कार्यक्रमले दीर्घकालीन रुपमा समाजले चिन्ने भनाई राखेका थिए ।

लायन्स क्लब अफ पोखरा पेन्गुइनका सचिव धिरज श्रेष्ठको संचालन रहेको कार्यक्रममा स्थानीय टोल विकास सस्थाका अध्यक्ष खेम नेपाली, कार्यक्रमका सयोजक रिजन चियरपर्सन ज्ञान बहादुर राना, महालक्ष्मीका अध्यक्ष लक्ष्मण आचार्य लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।

मनिपाल अस्पतालको प्राबिधिक सहयोगमा संचालित निशुल्क मधुमेह परिक्षणमा ६७ जना रगत जाच गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…