२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

संयुक्त रक्तदानमा ७१ यूनिट रगत संकलन

पोखरा भ्यूज

पोखरा । शुक्रवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ यूनिट रगत संकलन भएको छ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको महिला मात्रको क्लब, लायन्स क्लब अफ पोखरा अञ्जुली र नेपाल विद्यार्थी संघ, पश्चिमाञ्चल इन्जिनियरिङ कलेजद्वारा कलेज परिसरमा आयोजित संयुक्त रक्तदानमा ७१ यूनिट रगत संकलन भएको लायन्स क्लब अफ पोखरा अञ्जुलीका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक निरा कोईरालाले बताईन् ।

संयुक्त रुपमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर बिनोद ढुङगानाले पहिलो रक्तदाता अञ्जुलीका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका को–चिफ एडभाईजर अमृत शोभा खत्रीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरका थिए ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर ढुङगानाले रक्तदानले कसैको जीवन बचाउने हुदाँ रक्तदान गर्न उपयुक्त व्यक्तिले रक्तदान गर्नुपर्नेमा जोड दिए । शरिरबाटै खेर जाने रगतले कसैको जिवन बाँच्दछ भने रक्तदान गर्न गभर्नर ढुङगानाले सबैलाई प्रेरित गरेका थिए ।

त्यस्तै, नेपाल बिधार्थी संघका केन्द्रीय सदस्य निर्दोष बिक्रम पौडेलले विश्वको सबै भन्दा ठुलो स्वयम् सेवी संस्था लायन्ससँग मानवीय सेवाका कार्यमा जोड़िन पाउँदा ख़ुशी लागेको धारणा व्यक्त गरेका थिए ।

नेपाल विद्यार्थी संघ, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज इकाई सभापति सौग़ात पण्डितको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गर्भनर रामबहादुर बसेल, चिफ डिष्ट्रिक्ट एडभाईजर शैलेन्द्र मोहन भट्टराई, को–चिफ एडभाईजरद्वय ऋषि गिरी, अमृत शोभा खत्री, डिष्ट्रिक्ट एक्जुकेटिभ युवराज खनाल, क्लस्टर–४ का क्लस्टर प्रमुख डिल बहादुर थापा, रिजन चेयरपर्सन निरा कोईराला, जोन चेयरपर्सन सकुन्तला केसी, क्लबका पूर्व अध्यक्षहरू क्लब पदाधिकारी एवं सदस्यलगायतले रक्तदानको महत्वका बारेमा प्रकाश पारेका थिए ।

लायन्स क्लब अफ पोखरा अञ्जुलीका अध्यक्ष साधना थापाको स्वागत मन्तब्य र क्लबका सचिव माया थापाको संचालन रहेको कार्यक्रममा नेपाल बिधार्थी संघका केन्द्रीय सदस्यद्वय संस्कार कोईराला, रेजिना खड़का, नेपाल बिधार्थी संघ, पृथ्वी नारायण क्याम्पस इकाई सभापति प्रयास कोईराला, थापाथली क्याम्पस स्ववियू सभापति पुष्कर बिक्रम शाही, नेबिसंघका नेता सचित्र गुरूङलगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता गरेका नेबिसंघ इकाई सभापति सौग़ात पण्डितले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदैं कार्यक्रम समापन गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…