
पोखरा भ्यूज
लेखनाथ, २९ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस १८ गतेदेखि हुने ‘२०औँ लेखनाथ महोत्सव’लाई सफल बनाउन लेखनाथका विभिन्न आमा/महिला समुहहरुले सघाउने भएका छन ।
माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवको विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभीन्न आमा/महिला समुहका प्रतिनिधिहरुले आ-आफ्नो तर्फबाट सक्रियतापुर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले महोत्सवको तयारीका विषयमा जानकारी दिंदै यहाँका विभिन्न संघ संस्था र समुहहरुले आफ्नो महोत्सवको रुपमा अपनत्व लिएका कारणले लेखनाथ महोत्सव महोत्सवहरुको पनि महोत्सव हुन सफल भएको वताएका थिए ।
उनले महोत्सवमा महिला/आमा समुहको सहभागीता रत्यौेली र नाचगान कार्यक्रमहरुमा मात्र नभई संघले विभिन्न तालिमहरुको माध्यमबाट उद्यमी भएको हेर्न चाहेको वताएका थिए ।
यस्तै महिला/आमा समुह परिचालन उप-समितिकी संयोजक सन्ध्या दाहालले महिलाहरुको सक्रिय सहभागिताका कारण झाँकी र्याली, रत्यौली लगायतका कार्यक्रमहरु सफल भएको बताउँदै यस पटक पनि सहयोगको अपेक्षा गरेको बताईन ।
रत्यौली कार्यक्रम उप-समितिकी संयोजक गंगा मल्लले कार्यक्रमले महोत्सवमा बेग्लै रौनक प्रदान गर्नुका साथै कला संस्कृतिको समेत जर्गेना गर्ने बताउँदै विगत भएका कमजोरीहरुलाई सुधार गर्दै यसपालीको कार्यक्रम अझै परिष्कृत र उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिईन ।
कार्यक्रममा निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेय, पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, झाँकी र्याली व्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी मगर, हाजिरी जवाफ प्रतियोगिताकी संयोजक प्रभा कुमारी पौडेल, ग्रामिण रैथाने प्रविधि व्यवस्थापन उप-समितिकी संयोजक पार्वती थापा, लगायतले बोलेका थिए ।
महिला/आमा समुह परिचालन उप-समितिकी संयोजक सन्ध्या दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन सह संयोजक अञ्जली पण्डितले गरेकी थिईन भने कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिईन ।











