
पोखरा भ्यूज
अन्नपूर्ण कास्की । कास्कीको अन्नपुर्ण गाँउपालिका वडा नं ११ छोम्रोङ स्थित सेञ्चुरी युवा क्लबले सञ्चालन गर्न गईरहेको २३ औं सेञ्चुरी ल्होसार मेला—२०८१ को तयारी तीव्र पारिएको छ ।
पौष ११ गते देखि १४ गते सम्म तमु ल्होसारको अवसर पारी मेलाको आयोजना गर्न गईरहेको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए्का छन् ।
“ब्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण” भन्ने नाराका साथ २०५८ मा स्थापित क्लबले आफ्नो स्थापना दखि नैं पुरुष भलिवल/बास्केटबल, रस्सि तान्ने, ठेलो हान्ने जस्ता विभिन्न खेलकुद सँगसगै सास्कृतिक कार्यक्रमहरु गर्दै आएको अध्यक्ष गुरुङले बताए ।
खुला क्लब स्तरिय पुरुष बास्केटबल र भलिबलमा प्रथम हुनेले ८० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र हात पार्ने छन । द्धित्तिय स्थान ल्याउनेले ५० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र पाउने छन् भने तृतीया हुनेले २५ हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र पाउने अध्यक्ष गुरूङले जानकारी दिए ।
मेला सम्पन्न गर्नका लागि सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङ संयोजक रहने गरी बिभिन्न ११ उपसमिति गठन गरिएको छ । टीम दर्ताका लागि ५ हजार रूपैयाँ रहेको छ ।











