
पोखरा भ्यूज
पोखरा । आई.डि.इन्डोर्सी राजन लम्साल र डि.जी. उम्मेदवारहरूले ‘मिट एण्ड ग्रेट’ कार्यक्रम सम्पन्न भएको छ । लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर पदका इन्डोर्सी राजन लम्साल र डिष्ट्रिक्ट ३२५ आई नेपालको आसन्न तेस्रो महाधिवेशनका लागि डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारहरूले गण्डकी क्षेत्रमा भेटघाट र शुभकामना लिने कार्य सम्पन्न गरेका हुन् ।
गत पुष २१ गते आईतवार लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले आउँदो फागुन २४ गते पोखरामा तेस्रो राष्ट्रिय महाधिवेशन घोषणासँगैं आई.डि.इन्डोर्सी र डि.जी. उम्मेदवारहरूले शुक्रवार पोखरामा आफ्नो मनोमयन दर्ता गराएका थिए ।

लायन बर्ष २०२५/२६ का लागि डिष्ट्रिक्ट गभर्नर, प्रथम र द्वित्तिय भाईस गभर्नर पदको मनोनयन दर्तासँगै उम्मेदवारहरूले भेटघाट र शुभकामना लिनेक्रमलाई निरन्तरता दिएका हुन् । शुक्रवार पोखरा, शनिवार पर्वत र म्याग्दी, त्यस्तै आइतवार लमजुंगमा आई.डि.इन्डोर्सी र डि.जी. उम्मेदवारहरूले ‘मिट एण्ड ग्रेट’ कार्यक्रम सम्पन्न गरेका हुन् ।

मनोनयन दर्तासँगै लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर पदका इन्डोर्सी राजन लम्साल र डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२५/२६ का लागि डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार पार्वती खरेल पाण्डेले, प्रथम र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार सूर्य केसी र शैलेन्द्र मोहन भट्टराईले पोखरा, पर्वत, म्याग्दी, लमजुंगमा रहेका लायन्स लिडरहरुसँग भेटघाट र शुभकामना कार्यक्रमको आयोजना गरी आ–आफ्नो पदमा शतप्रतिशत ‘एस’ भोटको लागि आग्रह गरेका थिए ।
तेस्रो राष्ट्रिय महाधिवेशन नोमिनेशन समितिका संयोजक एवं पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलको अध्यक्षतामा पोखरा र लायन्स क्लब अफ काठमांडौ परोपकारका अध्यक्ष नवराज पाण्डेको आतिथ्यतामा पोखरा बाहिर सम्पन्न कार्यक्रममा उम्मेद्वारहरूले शतप्रतिशत ‘एसभोट’का लागि सम्पूर्ण उपस्थित लायन्स प्रतिनिधिहरु समक्ष आग्रह गरेका हुन् ।
फागुन २४ गते पोखरामा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो ज़िल्ला महाधिवेशन हुँदैछ । सो अधिवेशनबाट लायन बर्ष २०२५/२६ का लागि डिष्ट्रिक्टको आधिकारिक नेतृत्व चयन हुनेछ ।
डिष्ट्रिक्ट ३२५ आई नेपालमा काठमाडौं, नुवाकोट, रसुवा, धादिङ सहितका गण्डकी र धवलागिरीका ८ ज़िल्लागरी १२ ज़िल्लाका करिव २५० क्लब र ५ हज़ार बढ़ी लायन्स सदस्य आवद्व रहेका छन ।
डिष्ट्रिक्टको नेतृत्व डिष्टिक्ट गर्भनरबाट हुने गर्छ भने उत्तराधिकारीको रुपमा प्रथम र द्धित्तिय भाईस गर्भनर रहने प्रावधान रहेको छ । लायन्सको अन्तरराष्ट्रिय प्रावधान अनुसार गर्भनर र भाइस डिष्ट्रिक्ट गभर्नर हुनेले शतप्रतिशत ‘एस’ भोट लिनुपर्ने हुन्छ ।

कार्यक्रममा बोल्दै लायन्स अन्तरराष्ट्रियका आईडि ईन्ड्रोर्सि एलसिआईएफ एरिया लिड़र राजन लम्सालले मेरो लायनवाद यात्राको २८ बर्षदेख़िको सक्रियता, लायनवादमा पुर्र्याएको योगदान, प्राप्त गरेको अनुभवलाई लायन्स अन्तर्राष्ट्रियको नेतृत्वमा पुगेर नेपालको लायनवादको थप विकास गर्नका लागि आईडि ईन्ड्रोर्सिको उम्मेदवार बनेको बताए ।
बिगत बर्षदेख़ि नेपालको लायनवादको बिकासमा पुर्र्याएको योगदान नै लायन्स अन्तर्राष्ट्रियको नेतृत्वमा पुग्नमेरो उम्मेदवारी हो । उनले भने, ‘आजका मितिसम्म लायन्सको प्लेट फर्ममा प्राप्त गरेको जिम्मेवारी त्यसलाई सम्पादन गरेको पृष्ठभूमि आज म त्यहाँ पुग्ने आधारशिला हो ।’
उनले थप भने, ‘ देशमा ल्याउन सक्ने ग्रान्टका कुरा होलान्, देशबाट अन्तर्राष्ट्रियको नेतृत्वमा जान सक्ने व्यक्तित्वलाई लिडरशिपको अवसर यि सबै कुरा नेतृत्वमा आउन सक्ने व्यक्तिले दिने कुरा हो । गण्डकी क्षेत्रमा रहेका लायन्स लिडरहरूलाई सम्बोधन कै क्रममा लम्सालले भने, ‘आज देशमा के आवश्यकता छ, हामी सामाजिक क्षेत्रमा लागेका व्यक्तिले के कुरा मनन् गरेर अघि बढ़ने हो मेरो योगदान पनि त्यहि तर्फ लक्षित गरेर अघि बढ़छ ।’
नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टबाट राजन लम्सालले नै नेतृत्व गरेर अघि बढ़नु पर्छ भन्ने भावना अधिकांश लायन्स सदस्य साथीहरू हुनुहुन्छ, मलाई उहाँहरूको हृदयमा बसेको भान हुन्छ–लम्सालले भने ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन बर्ष २०२५/२६ का लागि उम्मेदवारी प्रस्तुत गर्नु भएकी डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार पार्वती खरेल पाण्डेले विश्व लायन्स अभियानमा हरेक बर्ष आफ्नो उत्कृष्टता प्रस्तुत गर्दै आईरहेको डिष्ट्रिक्ट ३२५ आईको भुमिकामा कमी हुन नदिई अझै उत्कृष्टताका साथ निरन्तरताको रुपमा अघि बढाउने प्रतिबद्वता ब्यक्त गरिन् ।

उनले भनिन्, ‘हिजोका हाम्रा लायनलिडरहरू जस्लेलायनवादमा विश्व रेक़र्ड होल्डर गर्नु भएको छ, उहाँहरू प्रति गौरब गर्दै उहाँहरुकै पथप्रदर्शक भुमिका र त्यहीहिजोको गर्भिलो ईतिहास बनाउन योगदान दिनु हुने तपाईं आम सबै लायन्स साथीहरूको भुमिकाले हामीले हाम्रोडिष्ट्रिक्टलाई सेवा कार्यको उत्कृष्ट नमुनाको रुपमा स्थापित गराएका छौं, आउँदा दिनमा पनि अझै उत्कृष्टबनाउने नै छौं’, उनले भनिन्, ’लायनवादका धरोहर राजन लम्साल, मन बहादुर रोका, इन्दु लम्साल, राम बसेल, चन्द्र के.सी. वर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना जसले नेपालको लायन्स ईतिहासमा नमेटिने छाप बनाउनुभएको छ उहाँहरूको सारथी पन र उत्कृष्ट नेतृत्वसाथै सेवा कार्य गर्नुहुने तपाईं लायन्सहरुको योगदान रभुमिकाका कारण नै यस डिष्ट्रिक्टको गरिमा उचो राख्न सक्छु भन्ने आटले नै मलाई नेतृत्वमा अघि बढ़न प्रेरणामिलेको छ ।’
पाण्डेले आफ़नो कार्यकालमा गरिने मुख्य कामहरू बारे संक्षिप्तमा उल्लेख गरेकी थिईन् ।

फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार सूर्य केसीले आफुलाई लायन्स नेताको रुपमा अब्बल साबित गराईसक्नु भएका व्यक्तिको नेतृत्वमा आफु गाईडेड हुने मौका मिलेकोमा गर्व महशुष भएको बताए ।
सकारात्मक सोच, संगठनात्मक भावना र सामुहिक नेतृत्व नै हाम्रो लायानिज्मको धरातल रहेको बताउदै डिष्ट्रिक्ट गभर्नरकोजुन अभियान हुनेछ यसलाई पूर्ण सफल बनाउन आफूले जानेको, आफ्नो बलबुताले भ्याएसम्म कार्यकालसफल बनाउनका निमित्त शतप्रतिशत साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार शैलेन्द्र मोहन भट्टराईले गभर्नरले ल्याएका कार्यहरुमा तन, मन, बचन र कर्मले लागि पर्ने बताउदै डिष्ट्रिक्ट गभर्नर टिमका ३ जना उम्मेद्वारलाई शतप्रतिशत मतका साथ विजयी गराउन आग्रह गरेका थिए ।

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, इन्दु लम्साल, गण्डकी क्षेत्रका सिनियर लायन्स लिडर, क्लब अध्यक्षलगाएतले गभर्नर टिमलाई शतप्रतिशत भोटको आग्रह गर्दै डिजी टिमलाई सफलताको कामना गरेका थिए ।












