२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबरशिक्षा

गुरुहरुको स्मृतिमा देवेन्द्र–भगवान स्मृति अक्षयकोष स्थापना

पोखरा । आफुलाई शिक्षा प्रदान गरेका गुरुहरुको स्मृतिमा पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा अक्षयकोष स्थापना गरिएको छ ।
सोही विद्यालयवाट वि.सं. २०३८ सालमा प्रवेशिका परिक्षामा सहभागी भएका विद्यार्थीको समुहले तत्कालिन विद्यालयका प्रधानाध्यापक स्वर्गीय देवेन्द्रराज रेग्मी र भगवानसिंह आलेको स्मृतिमा १ लाख ३० हजार रुपियाँको “देवेन्द्र–भगवान स्मृति एसएलसी व्याच २०३८ अक्षयकोष” स्थापना गरिएको सो समुहको नेतृत्व गर्नुभएका राम वहादुर बानियाँले जानकारी दिनुभयो । विद्यालयमा आयोजित कार्यक्रममा सो रकम बराबरको चेक समुहका राम वहादुर बानियाँ, हरि वरुवाल, केशव वहादुर वस्नेत लगायतले विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो ।
सो रकमवाट प्राप्त व्याजले कक्षा ६ मा अध्ययन गर्ने उत्कृष्ट गरिव तथा जेहेन्दार विद्यार्थीलाई नगद ६ हजार रुपैयाँ, दश कक्षामा पढिन्जेलसम्म निरन्तर प्रदान गरिने वताईएको छ । कार्यक्रममा बाँनियाले शिक्षाको ज्योति प्रदान गर्ने गुरुहरुको योगदानलाई चीर स्थायी बनाउन र आफु अध्ययन गरेको विद्यालयलाई जहाँ भए पनि स्मरण गर्नुपर्छ भन्ने आर्दशलाई मनन गरी रकम संकलन गरेर अक्षयकोष स्थापना गरेको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक आचार्यले २०३८ को व्याचले गरेको कार्य प्रसंशनिय रहेको बताउँदै, यसले गुरुहरु प्रति सच्चा सम्मान् भएको स्मरण गर्नुभयो ।
कोष स्थापनाका लागि तत्कालिन व्याचका विद्यार्थीवाट नगद संकलन गरिएको थियो । कोषलाई भविष्यमा २ लाखसम्म बनाईने बताईएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…