२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

स्याङ्जामा एचपिभी खोपको तयारी पुरा

स्याङजा । माघ २२ गतेबाट शुरु हुने एचपिभी खोप अभियानको तयारी पुरा भएको जानकारी दिइएको छ ।प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले एचपिभि खोप अभियान—२०८१ का बारे अन्तरक्रियाएवम् गोष्ठिमा जिल्लाभर संचालन हुने एचपिभी खोप अभियानको तयारी पुरा भएको जनाएको हो ।महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप अभियान अन्तर्गत स्याङ्जाका ११ वटैस्थानीय तहमा खोप लगाईदै छ । देशभर यो खोप अभियान यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि१० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप दिने लक्ष्यनेपाल सरकारको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले आयोजना गरेको अभिमुखीकरण गोष्ठिमा जिल्ला खोपसमन्वय समितिका पदाधिकारीहरु र पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममामहिलाको पाठेघरको मुखको क्यान्सर बारे जानकारी, संक्रमणका लक्षण, रोकथामका उपाय, अभियानमाप्रयोग हुने एचपिभी खोपको परिचय, खोप सेवा सञ्चालनको पृष्ठभूमिसाथै खोप सेवा सञ्चालनको औचित्य, खोप सेवाका लक्षित उमेर समूह र संख्या तथा खोप अभियान सञ्चालन कार्यनीति बारे जनस्वास्थ्य प्रशासककेशवप्रसाद चापागाईंले जानकारी दिए । ११ ओटै पालिकाको अभिलेख तयार गरिसकेको र सत् प्रतिशतलमायो खोप लगाइने लक्ष्य लिइएको जनस्वास्थ्य प्रमुख चापागाईले बताए । सबै पालिकाहरुका स्वास्थ्य संस्थामाशुक्रवार बेलुका सम्म खोप उपलब्ध गराइने समेत उनले गोष्ठिमा जानकारी गराए । जिल्लाका ११ वटैपालिकामा ९ हजार ३ सय १९ जनालाई एचपिभी खोप दिइने छ । खोप लगाईसकेपछि खोप कार्ड सुरक्षितराख्नुपर्ने स्याङ्जाका जनस्वास्थ्य प्रमुख चापागाईंले बताए ।

जिल्लामा ३ सय १९ खोपकेन्द्रमा स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सहयोगमा एचपिभी खोप लगाइने छ । सबैखोपकेन्द्र तयारी अवस्थामा रहेको समेत चापागाईले बताए । पुतलीबजार, वालिङ, भीरकोट र चापाकोटनगरपालिका र फेदिखोला गाउँपालिकामा २२ देखि २७ गतेसम्म तथा आँधीखोला, अर्जुनचौपारी, कालीगण्डकी, बिरुवा गाउँपालिका र गल्याङ नगरपालिकामा २२ देखि २५ गतेसम्म खोप संचालन हुने छ भनेहरिनास गाउँपालिकामा २२ देखी २४ सम्म संचालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपालपत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला लगायतले सरकारले राखेको लक्ष्यलाई सफल बनाउनसबैले सहयोग गर्न आग्रह गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…