२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

विशिष्टीकृत निशुल्क स्वास्थ्य शिविरमा ४ सय बढी लाभान्वित

सिद्वलेक, धादिङ । सिद्धलेक गाउँपालिका धादिङको आयोजना, लायन्स क्लव अफ काठमांडौ भृकुटीको सह–आयोजना तथा मलेखु टिचिङ अस्पतालको प्राविधिक सहयोगमा बृहत् विशिष्टीकृत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सुक्रवार धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ स्थित बाग्बच्छला माध्यमिक विद्यालयमा विशेषज्ञ सेवासहितको वृह्यत स्वास्थ्य शिविर संञ्चालन सम्पन्न भएको लायन्स क्लव अफ काठमांडौ भृकुटीका अध्यक्ष पार्वती कोईराला खतिवडाले बताईन् ।

शिविरमा विशेषज्ञ सेवासहित सुगर, प्रेसर, थाईराईड, कोलेस्ट्रोल, मुटु रोग, पेट रोग, स्त्री रोग सेवाः भि.आई.ए. जाँच, आङ खस्ने रोगको जाँच तथा रिङ प्रेसरी राख्ने, जनरल स्वास्थ्य परिक्षण, भिडियो एक्से सेवा, ई.सि.जि. सेवा, वालरोग सेवासहित निःशुल्क औषधि वितरण गरिएको उनले बताईन् ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको प्रमुख आतिथ्यतामा बिधालय प्रांगणमा सम्पन्न निशुल्क बृहत स्वास्थ्य शिविरमा बिधालयका बिधार्थी अभिवावकसहित सर्वसाधारण बिरामीको बाक्लो भीड लागेको थियो भने शिविरमा ४०० बढ़ीले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर दवाडीले जानकारी दिए ।

गाउँमै विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नका लागि सिद्वलेक गाउँपालिकाले वार्षिक कार्ययोजनामा पारेको पालिकाका अध्यक्ष परशुराम खतिवडाले बताए ।

शिविरमा विशेषज्ञ सेवा प्रदायक डाक्टरहरु वालरोग डा.मनिष काफ्ले ,फिजिसियन डा. विवेक, स्त्रीरोग डा. दीक्षा पौडेल, डा. राजन घिमिरेले लगाएतको टोली, गाउँपालिका भित्रका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

शिविरमा बिहानदेखि साँझसम्म सेवाग्राहीले भरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए ।  स्वास्थ्य शिविरमा कतिपय बिरामी नै ल्याइएका छन् भने अधिकांश स्थानीय स्वास्थ्य जाँचका लागि आएको पाइएको छ।

गाउँमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाउँदा स्थानीय लाभान्वित भएका छन् । आर्थिक, भौगोलिक लगायतका अप्ठ्याराका कारण अस्पतालसम्म पुग्न नसकेका सर्वसाधारणलाई लक्ष्यीत गरेर बृहत स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष खतिवडाले बताए। ‘अस्पताल जान मन भएका तर खर्च नहुँदा अस्पताल पुग्न नसकिरहेका जनताको सुविधाका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो,’उनले भने । मानवीय सेवा गर्नका लागि सेवाको भावनाबाट ओतप्रोत भई गाउँपालिकाको यस बिधालयमा बृहत् विशिष्टकृत निशुल्क सेवाका कार्यक्रम ल्याउनु भएकोमा लायन्स क्लब परिवारप्रति आभारसमेत व्यक्त गरेका थिए ।

खतिवडाले लायन्स क्लब र स्थानीय सरकार मिलेर कार्य गर्न तयार रहेको बताउदै मानवीय सेवाका कार्य र बिकास निर्माणमा सँगसगै हातेमालो गर्न पालिका तयार रहेको जनाउँ पनि दिएका थिए ।

प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले बिशेषज्ञ डाक्टरसहित सेवा लिई स्वास्थ्यलाभ लिन आग्रह गर्दै घर आँगनमा सेवाको कार्य गर्ने प्लेटफर्म उपलब्ध गराएको गाउँपालिका, बिधालय परिवारप्रति आभार व्यक्त गरेका थिए । गभर्नर ढुङगानाले लायन्सले समाजमा गर्ने सेवाका कार्यबारे उल्लेख गरेका थिए । मानवीय सेवाका कार्यमा स्थानीय सरकारसँगको सहकार्यमा गर्न पाएकोमा ख़ुशी समेत व्यक्त गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…