२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

युआरएल हेल्थ केयरमा अपोलोका सेवा

पोखरा । युआरएल हेल्थ केयर प्रालि पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि भारतको अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना भएको छ । युआरएलले खोलेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर आगामी शनिबार औपचारिक रुपमा उद्घाटन गरिँदै छ ।
भारतको सर्वोत्कृष्ट हस्पिटलमा पर्ने अपोलोले भारतभर छ दर्जनभन्दा बढी हस्पिटल चलाएको छ । अपोलो ग्रुपले सञ्चालन गरेको यी हस्पिटलमा बर्सेनि ठूलो संख्यामा नेपाली उपचारका लागि जाने गरेका छन् । नेपालबाट क्यान्सर, मुटुरोग, कलेजो रोग, आन्द्राका समस्या, बाथ जस्ता रोगका जटिल प्रकृतिका समस्या भएका बिरामी जान्छन् ।
अपोलोमा उपाचारका लागि जार्नैपर्नेलाई आवश्यक सहजीकरण गर्न र कतिपय सेवा यही उपलब्ध गराउन इन्फर्मेसन सेन्टर खोलिएको हेल्थ केयरका अध्यक्ष गणेशप्रसाद कोइरालाले जानकारी दिए । ॅउपचारका लागि जानैपर्ने बिरामीलाई यहाँबाट कसरी जाने, केके तयारी गरेर जाने सल्लाह दिन्छौं, यहीबाट डाक्टरको एप्वाइन्टमेन्ट बुकिङ गर्न मिल्छ,’ उनले भने, ॅउपचारपछि आवश्यक औषधी यही उपलब्ध गराउँछौँ ।’
फलोअपका लागि अपोलो नै जानुपर्ने झन्झट कम गर्न टेलिमेडिसिन सेवासमेत यही उपलब्ध हुनेछ । अध्यक्ष कोइरालाले भने, ॅयही परिवारसहित बसेर विशेषज्ञसँग छलफल गरी परामर्श र उपचारको सेवा पनि दिन्छौँ । त्यसका लागि ठूलो स्क्रिन र छुट्टै कक्षको व्यवस्था छ ।’ हेल्थ केयरका सल्लाहकार ठाकुरप्रसाद पन्तले नेपालमा उपचार सम्भव नहुने खालका क्यान्सर, बाथ, मुटुरोग, निसन्तानपन लगायतका सेवा अपोलोमा सहज तवर लिन सघाउने सूचना केन्द्र खोलिएको उल्लेख गरे । ॅनियमित रुपमा पोखराका विशेषज्ञ चिकित्सकको सेवासहित बेला बेलामा काठमाडौंका विशेषज्ञको सेवा हेल्थ केयरमा उपलब्ध हुनेछ,’ पन्तले भने, ॅआवश्यकताअनुसार अपोलोकै विशेषज्ञहरुलाई निम्त्याएर यही सेवा दिने योजना पनि छ ।’
युआरएल हेल्थ केयर र अपोलो इन्फर्मेसन सेन्टर उद्घाटनको अवसरमा शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा ख्यातिप्राप्त क्यान्सर रोग विशेषज्ञसहितको चिकित्सक टोलीले सेवा दिनेछ । हेल्थ केयरका अध्यक्ष कोइरालाले सो दिन चिकित्सकको परीक्षण शुल्क नलाग्ने र अरु सबै प्रकारका परीक्षणमा समेत २० प्रतिशत छुट दिइने जानकारी दिए ।
प्राविधिक सीप तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त गरी नर्सिङ काउन्सिल, मेडिकल काउन्सिल लगायतका स्वास्थ्यका अनुमतिपत्र परीक्षाका तयारी कक्षासमेत यहाँ सञ्चालन गरिने भएको छ । केयर गिभरको तालिमसमेत यसले सञ्चालन गर्ने छ । हेल्थ केयरभित्रै फार्मेसी र डेन्टल सेवा पनि उपलब्ध छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…