२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

नयाँ व्यवस्थापन सहित बोत्तल हाउस संचालनमा

पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषण गरिएपछि होटल व्यवसायमा युवाको आर्कषण बढेको छ ।

पोखरासँगै जोडिएका अधिकांश ग्रामिण क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवाहरुले होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालनमा ल्याएका छन् । पोखरा १६ जोगिमणीस्थित माझकुनामा संचालनमा रहेको बोत्तल हाउस नयाँ व्यवस्थापन सहित थप सेवा र सुविधाका साथ संचालनमा आएको हो ।

पर्यटकीय क्षेत्र महेन्द्र गुफावाट करिव ३ किलोमिटरको दुरीमा रहेको रिभरसाईड बोत्तल हाउस स्थानिय ईन्जिनियर गोविन्द आचार्य गोपीले नयाँ व्यवस्थापन सहित संचालनमा ल्याएका हुन् । शुक्रवारदेखि संचालनमा आएको सो व्यवसायमा आचार्यको एकल लगानी रहेको छ ।

खोलाको छेउमा बोतलै बोतलवाट निर्माण गरिएको सो व्यवसाय नयाँ साजसज्जा र व्यवस्थापनमा ल्याउन करिव डेढ करोड खर्च लागेको गोपीले जानकारी दिए । प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्दै नेपाली अर्गानिक खाना तथा खाजाको स्वाद लिन सकिने सो हाउसमा टिकटकका लागि आर्कषक स्थल, पार्क, स्वीमिङ पुल र वालवालिकाको लागि वाल उद्यान तथा मनोरञ्जनका लागि प्रर्याप्त सामाग्री रहेका छन् । ढिंकीडाँडा रिर्सोट संचालन गरी अनुभव बटुलिसकेका आचार्यले त्यस क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी व्यवसाय संचालन गरेको स्पष्ट पारेका थिए ।

शुभारम्भको अवसरमा शुक्रवार र शनिवार साँझ चर्चित लोक दोहोरी गायक, हाँस्यव्यंग्य कलाकार र लाईभ कन्सर्ट समेत भएको थियो ।कार्यक्रममा चर्चित लोक दोहोरी गायक श्याम राना मगर, मञ्जु वि.क,माया गिरीले लोक दोहोरी प्रस्तुत गरेका थिए । हाँस्य कलाकार राजेन्द्र नेपालीको प्रस्तुतीमा दर्शक रमाएका थिए भने कृष्ण गुरुङ,अञ्जली विक र विनु कार्कीकोे नृत्यमा दर्शकले साथ दिएका थिए भने निष्र्कष व्याण्डले आफ्नो प्रस्तुतीमा दर्शकलाई झुमाएको थियो ।

शुभारम्भका अवसरमा २३ फागुनसम्म विशेष छुट सहितका प्याकेज उपलब्ध गराईने बताईएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…