२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

यस वर्षको जाउँ है पोखरा अभियान आरम्भ

पोखरा, १८ फागुन । होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष पनि आइतबारबाट आरम्भ भएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछाने र होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले प्रबर्द्धन अभियानका सहभागीलाई पोखरामा विदाई गरेका थिए । टोलीमा होटलकर्मी, संचारकर्मी र अन्य पर्यटन ब्यावसायी गरी २० जनाको सहभागिता छ ।
नेपाल पर्यटन बोर्ड गण्डकीको मुख्य प्रबद्र्धनमा यही फागुन १८ गते देखि फागुन २२ गते सम्म पूर्वी नेपालका जनकपुर, विर्तामोड, इटहरी, बर्दिबास र हेटौंडा जस्ता शहर समेटेर अभियान संचालन गरिंदै छ ।
आन्तरिक पर्यटन विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य यस कार्यक्रमले लिएको आयोजक संघका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यस अभियानको प्रभाव सकारात्मक पर्दै गएको हामीले पाएका छौं, त्यसैले आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप अभियानलाई निरन्तरता दिएका हौं, अध्यक्ष सुवेदीले भने ।
२०८० चैत ४ गते पोखरा औपचारिक रुपमा पर्यटनको राजधानी घोषणा भएको र गत माघ महिनामा चिनिया पक्षसँगको सहकार्यमा घोषित नेपाल भ्रमण बर्ष २०२५ हाल जारी रहेको सन्दर्भ यो अभियान सुरु भएको हो । यसैगरी पोखरा महानगरपालिकाले समेत फागुन ३ गते पोखरा भ्रमण बर्ष २०२५ घोषणा गरेको थियो । उक्त कार्यक्रमले लिएको सन् २०२५ मा २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य पूरा गर्न जाउँ है पोखरा अभियान सहायक हुने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताए ।
पोखराको होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँ हाराहारीको लगानी रहेको, यस क्षेत्रका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको संघको आँकलन छ ।
आन्तरिक पर्यटन प्रबद्र्धनकै लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव र खेलकूदका कार्यक्रम समेत गर्दै आएको छ । साथै बाह्य पर्यटन प्रबद्र्धनका लागि भारतीय शहरहरुमा चलिए पोखरा अभियान संचालन गर्ने गरिएको छ । यसैगरी अन्तर्राष्ट्रिय बजारमा हुने विभिन्न ट्राभल मार्टहरुमा समेत संघले सहभागिता जनाउँदै आएको छ ।
यसैबिच प्रबर्द्धन टोलीले आइतबार नै तनहुँ स्थित बन्दिपुर केबलकारको अवलोकन भ्रमण गरेको थियो । संघले सोमबार जनकपुर स्थित होटल वेलकममा बिहान साडे आठ बजे पत्रकार सम्मेलन एबं अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…