२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

स्ववियु चुनाव पोखरा नर्सिङ क्याम्पस सभापतिमा रचना पौडेलको उम्मेदवारी

पोखरा । चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन पोखरा नर्सिङ क्याम्पसको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ (ने.बि. संघ) को तर्फबाट अध्यक्ष पदको उम्मेदवार रचना पौडेल हाल पोखरा-८, सिमलचौरमा बसोबास गर्दै आएकी अन्नपूर्ण गाउँपालिका वडा नम्बर-४, सल्यान कास्की कि स्थाई वासिन्दा हुन ।

उनले पोखरा गैह्रापाटन स्थीत, कुम्दिनी होम्सबाट एसएलसी उत्तीर्ण गरेसँगै पोखरा नर्सिङ क्याम्पससित जोडिन पुगिन् |

उनले पोखरा नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ र ब्याचलर इन नर्सिङ उत्तीर्ण गरी हाल यसै कलेजमा मास्टर नर्सिङ अध्ययनरत रहेकी छिन् र विगत दश वर्षबाट ने.वि.संघमा आवद्ध छन् । कलेजले गर्ने प्रत्येक नेविसंघका कार्यक्रममा सामेल हुँदै नेविसङ्घको सदस्य, सचिव हुँदै हाल उनी स्ववियुको सभापतिमा लड्दै छिन् ।

उनको प्यानलमा सचिवमा श्वेता कोइराला, कोषाध्यक्षमा सुष्मा बराल  रहेका छन् । साथै, प्रत्यक्ष तर्फका उम्मेदवारमा सरस्वती खनाल, मर्टिना थापामगर, किरण सेन, कृति सिग्देल र रुमीता गौतम रहेका छन् भने समानुपातिक तर्फका उम्मेदवाररुमा नम्रता चापागाई, ममर्ता शर्मा, गीता घले, अञ्जु गौतम र सञ्चिता दाहाल रहेका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…