२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

स्याङ्जामा एसइई परीक्षाको तयारी पुरा

स्याङ्जा। माध्यमिकतहका विद्यार्थीहरुको अन्तिम परीक्षा एसइई चैत्र ७ गते बिहिबारबाट देशभर संचालन हुदैछ । चैत्र ७ गतेदेखी १९ गते सम्म संचालन हुने एसइई परीक्षाका लागि स्याङ्जामा तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएको छ ।

एसइई परीक्षा २०८१ को तयारीका लागि शिक्षा विकास तथा समन्वय इकाई कार्यालय स्याङ्जाका प्रमुख विश्वराज आचार्यले तयारी पुरा भएको जानकारी दिए ।

एसइई परीक्षाका लागि स्याङ्जामा २५ ओटा विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । १ सय ७२ माध्यमिक विद्यालयका विद्यार्थीहरु एसइई परीक्षामा सम्मिलित हुने कार्यालयले जनाएको छ । १३७ सामुदायीक (धार्मिक—३, प्राविधिक—६) र संस्थागत ३५ विद्यालयका विद्यार्थीहरुको परीक्षामा सहभागिता रहने छ ।

नियमित तर्फ ३ हजार ५ सय ९८, नियमित प्राविधिक तर्फ १३४, ग्रेड बृद्धि साधरणतर्फ १ हजार २ सय १० र ग्रेड बृद्धि प्राविधिकतर्फ ५० जना गरी यो बर्ष स्याङ्जाबाट ४ हजार ९ सय ९२ विद्यार्थीले एसइई परीक्षा दिने कार्यालय प्रमुख आचार्यले बताए । जसमा २४२३ छात्रा र २५६९ छात्र रहेका छन् ।

परीक्षाका लागि २५ केन्द्राध्यक्ष, सहायक केन्द्राध्याक्ष ४५, निरीक्षक २६५, परीक्षा सहायक ६२, कार्यालय सहयोगी ११०, सुरक्षाकर्मी ३७५ गरी ८८२ जना जनशक्ति खटिने प्रमुख आचार्यले बताए । परीक्षालाई मर्यादित र शान्तिपुर्ण सम्पन्न गर्न खटिएका कर्मचारीहरुलाई निर्देशन दिएको र यो कार्यमा सहयोग गर्न जिल्लावासी सबैमा अनुरोध समेत गरिएको आचार्यले बताए ।

परीक्षामा खटिने केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिम प्रदान गरेर पठाएका छौं उनले भने,‘तालिम सकेर गएका केन्द्राध्यक्ष बुधवारबाट परीक्षा केन्द्रमा पुग्ने छन् ।’ केन्द्राध्यक्षले परीक्षा केन्द्रस्थलका अभिभावक, समाजसेवी, राजनीतिकदल, जनप्रतिनिधि लगायत सबैसगँ सल्लाह सुझाव लिएर परीक्षालाई मर्यादित बनाउन लाग्नेछन् उनले भने ।

चैत्र ७ गतेदेखी १९ गतेसम्म संचालन हुने एसइई परीक्षामा साधरणधारको १५ गतेसम्म, प्राविधिकधारको १७ गतेसम्म र ग्रेडबृद्धि धारको चैत्र १९ गतेसम्म परीक्षा संचालन हुने छ । प्रश्नपत्र सबै प्रहरी इकाईहरुमा पठाईसकिएको समन्वय इकाईले जनाएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…