84Shares

काठमाडौं ।  लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको मल्टिपल कन्भेन्सन घोषणा गरिएको छ ।

आइतवार वेस्ट वर्स्टन प्लस होटल काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन रमेश कुमार लामाले आउँदो २०८२ जेठ २४ गते शनिवार काठमाडौंको प्रज्ञा भवन हुनेगरी मल्टिपल कन्भेन्सन घोषणा गरेका हुन् ।

मन्टिपल कन्भेन्सनबाट लायन बर्ष २०२५/२६ का लागि नयाँ नेतृत्व चयन गरिने मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन रमेश कुमार लामाले जानकारी गराए उनका अनुसार कन्भेन्सनले नयाँ मल्टिपल काउन्सिल चेयरपर्सन, भाईस मल्टिपल काउन्सिल चेयरपर्सन, काउन्सिल सेक्रेटरी, काउन्सिल टेजरर, जोईन्ट सेक्रेटरीको चयन गर्ने । त्यस्तै, यस बर्षको मन्टिपल कन्भेन्सनले अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सीको पनि चुनाव गराउने लायन्स अन्तर्राष्ट्रिय आई.डि. पदमा इन्डोर्सी लिनका लागि उम्मेद्वारहरूले आफु संलग्न डिष्ट्रिक्टबाट इन्डोर्स लिनुपर्ने हुन्छ , उनिहरूले मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको आउदो जुन  (जेठ २४) मा हुने मल्टिपल कन्भेन्सनमा इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने छन् । मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा इन्डोर्सी भएमा सन् २०२६ को लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट दुई वर्षका लागि चुनिने छन् । हालसम्म डिष्ट्रिक्ट ३२५ ड़ि नेपालबाट खगेन्द्र सिटौला, डिष्ट्रिक्ट ३२५ आई बाट राजन लम्साल एफबाट शम्भु घिमिरेले आफ्नो डिष्ट्रिक्टबाट इन्डोर्स लिईसक्नु भएको । उक्त कन्भेन्सनमा १५ वटै डिष्ट्रिक्टका क्लबबाट क्रेड्रेन्सियल लिनु भएका लायन्स लिडरहरु भोटर रहने लामाले बताए 

मन्टिपल कन्भेन्सन गर्ने जिम्मेवारी डिष्ट्रिक्ट ३२५ जे नेपालले पाएको छ । मन्टिपल कन्भेन्सन सम्पन्न गर्नका लागि पूर्व डिष्ट्रिक्ट गर्भनर धुर्व बहादुर थापा संयोजक रहेको ५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गर्भनर एवं मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका भाईस मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले जानकारी दिईन् ।

उनका अनुसार सह-संयोजकमा डिष्ट्रिक्ट ३२५ पि नेपालका क्याविनेट सेक्रेटरी माधव प्रसाद खनाल, सदस्यहरुमा क्रमशः डिष्ट्रिक्ट ३२५ एमका डिष्ट्रिक्ट को-चिफ एडभाईजर गिता शर्मा चापागाई, डिष्ट्रिक्ट ३२५ आर का क्लस्टर चिफ सुशील मल्ल र डिष्ट्रिक्ट ३२५ जी का एलसिआईएफ डिपार्टमेन्टका गणेशमान मुश्याखो रहेका छन् ।

मल्टिपल काउन्सिल चेयरपर्सन रमेश कुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका डाईरेक्टर बालकृष्ण बुर्लाकोटी, जिएटी एरिया लिडर खगेन्द्र सिटौला, एलसिआईएफ एरिया लिडर राजन लम्साल, १५ वटै डिष्ट्रिक्टका डिष्ट्रिक्ट गर्भनर, भाईस गर्भनर, पूर्व डिष्ट्रिक्ट गर्भनरलगाएत लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।
डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गर्भनर एवं भाईस मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले मन्टिपल कन्भेन्सन होस्ट गर्ने अवसर प्रदान गर्नु भएकोमा मल्टिपल काउन्सिल चेयरपर्सन लामासहित कोगर्भनर र मल्टिपल काउन्सिल गर्भनर्स टिमप्रति आभार समेत ब्यक्त गरेकी छन् ।

84Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected