२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरशिक्षा

वालवालिकाको सर्वाङ्गीण विकासको लागि दिक्षान्त कार्यक्रम महत्वपूर्णः भण्डारी

पोखरा । ग्लोवल वाल वाटिका मण्टेश्वरी प्रि स्कुलबाट ९० जना विद्यार्थीहरु दिक्षित भएका छन् । नवौं दिक्षान्त समारोहमा युकेजीको परीक्षा सकेर पास भएका विद्यार्थीहरुलाई दिक्षित कार्यक्रममा समावेश गरिएको थियो । युकेजी सन, मुन र स्टारका ३०–३० जनाको सहभागिता रहेको थियो ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ विद्यालय निरीक्षक कृष्णप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । भण्डारीले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।।

कार्यक्रममा बोल्दै उनले पोखरामा करिब ४ सय ५३ भन्दा विद्यालयमा २ सय ३ सामुदायिक विद्यालय र अन्य संस्थागत विद्यालय रहेको जानकारी गराएका थिए । उनले दिक्षान्त कार्यक्रमले वालवालिकाहरुलाई शिक्षा प्राप्त गर्न विशेष प्रेरणा दिने काम भएको बताउँदै अन्यले पनि दिक्षान्त कार्यक्रम गर्नुपर्ने उनको भनाई रहेको थियो ।

स्थानीय तह शिक्षा नियमावली अनुसारका मापदण्डहरु ग्लोवलले पुरा गरेर सञ्चालन गरेको बताउँदै उनले हरेक वर्ष विद्यार्थीहरुको चाप बढ्दै गएको आफुलाई जानकारी आएको भण्डारीले बताए ।
“ग्लोवलले साना वालवालिकाको इच्छा, रुचि चाहना अनुसार काम गर्दै आएको पाइएको छ । अभिभावक र वालवालिकाहरुको वीच समन्वय गर्ने काम गरेको छ, यसले अभिभावकलाई समेत प्रेरित गरेको छ” उनले भने ।

वालवालिकाहरु विहान १० बजेदेखि ४ बजेसम्म विद्यालयमा रहदा पढ्न सिकाउने, गुरुहरुको आज्ञा पालना गर्न सिकाउने भएपनि अन्य समय परिवार सँगै हुने भएकोले राम्रा नराम्रा गुणहरु परिवारबाट वालवालिकाहरुमा प्रभाव पर्ने भएकोले अभिभावकहरुले पनि विशेष ध्यान दिनुपर्ने उनको भनाई रहेको थियो ।

त्यसैगरी पछिल्लो समय प्राविधिक ज्ञान र रचनात्मक सीपसँग वालवालिका प्रत्यक्ष जोडिने भएको हुँदा शिक्षकहरुले व्यक्तिगत दक्षतालाई पनि बढाउँदै लैजानुपर्ने कुरामा जोड दिए । उनले भने “नयाँ विषयवस्तुमा तयारी भएर वालवालिका नै आउने अवस्था आएको छ । गुरुहरु पनि पूर्व तयारी गरेर कक्षाकोठामा जानुपर्नेहुन्छ । उनले ग्लोवलले शिक्षक सँगै अभिभावक र वालवालिकाहरुलाई विभिन्न सृजनात्मक गतिविधिमा जोडेर काम गर्दै आएको पाउँदा आफुलाई खुसी लागेको बताए ।

पोखरा प्राज्ञ प्रतिष्ठानका कुलपती, ग्लोबल कलेजियट स्कुलका प्रशासनिक उपप्रचार्य तथा ग्लोवल वाल वाटिकाका संस्थापक तथा कार्यक्रमका अध्यक्ष पदमराज ढकालले विद्यालयमा हुने क्रियाकलापहरुमा आवश्यक सामागीहरु शिक्षक, कर्मचारी आफैले विद्यालयमा नै उत्पादन गर्नुका साथै विद्यार्थीहरु समेत समावेश गराइएको जानकारी गरएका थिए ।

उनले ग्लोवलमा भएका शिक्षकहरुको कार्यक्षमता कुशल रहेको कारण नै दिनप्रतिदिन विद्यार्थीहरुको संख्या बढ्दै गएको उल्लेख गरेका थिए । भने विद्यार्थीहरुले गरेका रचनात्मक कार्यहरुबा आफू प्रभावित भएको बताए ।

ग्लोवल वालवाटिका मण्टेश्वरी प्रि–स्कुलका प्रिन्सीपल बविता पालिखेले विगत देखि हालसम्म विद्यालयले गरेका गतिविधिहरु प्रस्तुत गर्नुका साथै, नवौ दिक्षान्त समारोह सम्म आइपुग्दा सहयोग गर्नुहुने सबै प्रति धन्यवाद व्यक्त गरेका थिइन् । पालिखेले विद्यार्थीहरु काँचो माटो भएको र उनिहरुको सर्वाङ्गीण विकासमा ग्लोवलले अहम भुमिका निर्वाह गर्दै आएको बताउँदै वालवालिकाहरु जन्मजात नै विशेष क्षमता बोकेर आउने जानकारी गराइन् । “विभिन्न क्षमता भएका विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न मुल उद्देश्यका साथ अगाडि बढेको हुँदा अभिभावकहरुको रोजाइ ग्लोबल बनेको छ, उनले भनिन् ।

वालवालिकाको पहिलो पाठशाला घर रहेको र पहिलो गुरु अभिभावक भएको बताउँदै घरबाट नै असल शिक्षा, वालवालिकाको भावना, मानवता, दया, माया, प्रेम जस्ता कुराहरु परिवारबाट नै सिक्ने हुँदा अभिभावकहरुले विशेष ध्यान दिनुपर्नेमा उनको जोड रहेको थियो ।

अभिभावकको तर्फबाट इन्जिनियर प्रविण नेपालीले ग्लोवलसँग १६ वर्षको अनुभव भएको बताए । उनले, ग्लोवलले विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा राम्रोसँग ध्यान दिंदै आएको अनुभुति सुनाएका थिए । भने मण्टेश्वरीमा हुने दिक्षान्त कार्यक्रमले बाट बालवालिकामा थप प्रेरणा दिएको ज्योति परियारले बताइन् । उनले ग्लोवलको गतिविधि र कार्यक्रममा प्रत्यक्ष वालवालिका सहभागी हुने हुँदा मौलिकता र रचनात्मक काममा समेत उल्लेख्य फाइदा पुगेको बताएकी थिइन् ।

कार्यक्रममा विभिन्न मनोरञ्जनका कार्यक्रमहरु गरिएको थियो । स्वागत नृत्य (सरस्वती बन्दना), सोरठी चन्द्रकै छोरीको मुहार, राई माइलाले गाउँ छाड्यो रे, रुकुमैकोट, गाउ गाउबाट उठ लगायतका गीतमा युकेजीका वालवालिकाहरु नृत्य प्रस्तुत गरेका थिए भने मेरो लागि त भगवान बोलको गितमा आमा छोराको नृत्य, बाबा हजुर मेरो लागि वोलको गितमा बावा र छोरीको नृत्य, डालि डालिमा बोलको गीतमा शिक्षकहरुको नृत्य प्रस्तुत गरिएको थियो  ।

वालवालिकाहरुले तितो सत्य लघु नाटक एवम् विभिन्न गीतहरुका ट्रयाकहरुमा गीत गाएर अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
प्रमुख अतिथि, विशेष अतिथि र नृत्यमा सहभागी आमा र बुवालाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन मण्टेश्वरीका शिक्षकहरु बसन्ति बस्नेत, लालमाया गुरूङ, जेनीता राईले गरेकी थिइन् भने रुकुमाया पन्तले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । संस्थापक पदम राज ढकालको अध्यक्षतामा भएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…