33Shares

पोखरा भ्यूज

पोखरा । ढिकुरपोखरी समाज पोखरा र अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था पोखराले शुक्रवार एक कार्यक्रमका बीच २०८२ को भित्तेपात्रो विमोचनसहित नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान गरेको छ ।

पात्रो विमोचन एवं शुभकामना आदान प्‌दान कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णु बहादुर के.सी.ले स्थाई वा अस्थाई रुपमा आफ्नो ‌जन्मस्थान छोडे पनि गाउँको विकासका लागि हातेमालो गर्न नर्बिसन आग्रह गरे । उनले समाजले रचनात्मक क्रियाकलापलाई निरन्तरता दिँदै आएकोमा खुशी ब्यक्त गर्दै रचनात्मक काममा पालिकाको तर्फबाट साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

समाजका अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, पालिकाका वडा नं. २ का वडाध्यक्ष पिताम्बर भण्डारी, शिक्षा बिकास निर्देशनालय, गण्डकी प्रदेशका नि. महानिर्देशक घनश्याम पौडेललगाएतले नयाँ बर्षको शुभकामना दिदै समाजले गरेका कार्यहरु प्रशंसनीय रहेको बताउदै आउँदा दिनमा समाजका हरेक कार्यमा सहकार्य गर्दै अघि बढन तयार रहेको भनाई राखे ।

समाजका सचिव गणेश प्रसाद अधिकारीको संचालन रहेको कार्यक्रममा पूर्व जिविस सभापति पुन्य प्रसाद पौडेल, सामुदायीक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारी, समाजका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, सल्लाहकार संयोजक सोमनाथ पौडेल, अक्षयकोष प्रमुख संरक्षक कुलबहादुर गुरुङ ‘कुलु,’ अन्नपूर्ण सहकारीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, समाजका आजिवन सदस्य गायत्री अधिकारीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

समाजका उपाध्यक्ष लोकराज भण्डारीले स्वागत मन्तब्य राखेका थिए भने भित्तेपात्रो प्रकाशन समितिका संयोजक तथा समाजका सहसचिव कृष्ण प्रसाद दाहालले भित्तेपात्रो प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरेका थिए ।

33Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected