२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरस्वास्थ्य

गण्डकी प्रदेशमा मनाइयो नवौं स्वास्थ्य बिमा दिवश

पोखरा । स्वास्थ्य विमा बोर्ड गण्डकी प्रदेश कार्यालयले एक कार्यक्रमका बीच सोमवार पोखरामा नवौं स्वास्थ्य बिमा दिवस मनाइएको छ । कार्यक्रमको एक समारोहका बीच गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक एवम् गण्डकी प्रदेश स्वास्थ्य बिमा संयोजन समितिका सदस्य सचिव डा.रमेश केसीले उद्घाटन गरे ।

कार्यक्रममा उनले विश्वमा १४२ वर्ष अघिदेखि सुरु भएको स्वास्थ्य बिमा नेपालमा नौ वर्ष यता सञ्चालनमा रहेको बताउँदै शिशु अवस्थामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने बताए । सेवाग्राही, सेवा प्रदायक अस्पताल र स्वास्थ्य बिमा बोर्डको त्रिकोणात्मक समन्वय आवश्यक भएको बताउँदै उनले यस कार्यक्रमको प्रभावकारितासँगै गुणस्तरीयता अभिबृद्धिमा जोड दिनुपर्ने बताए । उपचारमा आम सर्वसाधारणको सहज पहुँच पुर्‍याउन स्वास्थ्य बिमा कार्यक्रममा सबैलाई समेट्दै यसलाई अझै प्रभावकारी बनाउनु आवश्यक भएको उनको भनाइ छ ।

स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रदेश संयोजक जीवलाल खेरलले प्रदेशमा बिमित हुनेको संख्या सकारात्मक रुपमा बढीरहेको बताउँदै आम सर्बसाधारणलाई बिमामा समेट्ने गरी प्रयास भैरहेको जानकारी गराए । विश्वव्यापी रुपमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको उल्लेख गर्दै उनले नेपालमा पनि यसलाई समय सापेक्ष रुपमा सुधार गर्दै अघि बढीएको बताए ।नेपालमा स्वास्थ्य बिमाप्रति सकारात्मक भन्दा पनि नकारात्मक रुपमा प्रचार गर्ने प्रबृति कायमै रहेको बताउँदै उनले सकारात्मक सूचना प्रवाह गर्दै सबै नागरिकलाई स्वास्थ्य बिमामा आवद्ध गर्नुपर्ने आवश्यकता औंल्याए ।

राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले समाजका सबै बर्ग र समूदायलाई सहज तथा सुलभ स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यका साथ सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए । नकारात्मक सोचबाट माथि उठ्दै विद्यमान समस्या एवम् कमीकमजोरीलाई हटाउँदै आम जनता माझ यो कार्यक्रमलाई पुर्‍याउन सबैको साथ र सहयोग आवश्यक हुने उनको भनाइ छ ।

स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रदेश संयोजक जीवलाल खरेलको सभापतित्व एवम् स्वास्थ्य बिमा दर्ता अधिकारी गौतम सिंह धामीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न अस्पतालका स्वास्थ्य बिमा फोकल पर्सनहरू मणिपाल शिक्षण अस्पतालका रविन्द्र ठाकुर, पश्चिमाञ्चल क्षेत्रीय अस्पातालका विद्या बास्तोला, दृष्टि आइ अस्पतालका शिव पोख्रेल, मातृ शिशु अस्पतालका ओम थापा, दर्ता अधिकारीहरू गोमादेवी अधिकारी, प्रमिला पौडेल, तेजबहादुर दर्लामी लगायतले स्वास्थ्य बिमाको विद्यमान अवस्था, चुनौती लगायतका विषयमा आ आफ्‌ना धारणा राखेका थिए ।

कार्यक्रममा प्रदेशको कुल जनसंख्या २४ लाख ६६ हजार ४२७ जना रहेकोमा २०८१ चैत २५ गतेसम्म बिमित हुनेको संख्या १२ लाख सात हजार १७२ पुगेको र उक्त संख्या कुल संख्याको ४९ प्रतिशत रहेको कार्यक्रममा जानकारी गराइयो ।

गण्डकीका ११ वटै जिल्लामा लागु भएको यो कार्यक्रम ८५ वटा स्थानीय तहमा सञ्चालन गरिएको छ । प्रदेशमा सेवा प्रदायक अस्पताल/संस्था भएको स्थानीय तह ४६ छन् भने सूचिकृत अस्पतालको संख्या ६० वटा रहेका छन् । त्यस्तै सेवा प्रदायक अस्पताल/संस्था नभएको स्थानीय तह ३९ वटा रहेको कार्यक्रममा जानकारी गराइयो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…