
पोखरा । श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन र यज्ञ कुण्ड खन्ने उत्तम साइत बुधवार बिहान ठीक ११ बजेर १ मिनेट जादाँ हुने भएको छ ।
भूमी पूजनसंगै मूल यज्ञ कुण्ड खन्ने साइतसँगै यज्ञ कुण्ड खन्ने साइत भने ११ बजेर ११ मिनेटमा रहेको पनि आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ ।
पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजनमा सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।
चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरु भइरहेको छ । नेपालको कान्छी भागवत वाचिका अनुराधा पाण्डेयद्वारा चैत्र २९ गतेदेखी कथा प्रवचन भईरहेको छ । कथा वाचिका पाण्डेले अगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।











