२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमि पूजन सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं‍. १७ मा वैशाख १७ गतेदेखि जेठको २६ गते सम्म हुने श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमि पूजन बुधबार सम्पन्न भएको छ ।  बिहान ११ बजेर १ मिनेटमा दीप प्रज्वलनसहित भूमि पूजन गरिएको हो ।

महायज्ञका लागि बुधबारदेखि नै मूल हवन कुण्ड खन्ने काम सुरु भएको छ ।  बिहान ११ बजेर ११ मिनेटमा मूल हवन कुण्ड खन्न सुरु गरिएको आयोजक मानवसेवा फाउण्डेसनका संस्थापक विजय कृष्णमूर्तिले बताए । 

भूमिपूजन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं १७ का वडाअध्यक्ष राधिका शाही योगीले लामो समयसम्म महायज्ञ कहाँ गर्ने भन्ने अन्योलका बीच आफ्नो संयोजकत्वमा वडा नं १७ स्थित हरिहर मन्दिरको जग्गामा महायज्ञ गर्ने निर्णयमा पुगेको स्मरण गरिन् । पोखरा १७ मा शतसयकुण्डीयकोटिहोम हुनु गौरवको विषय भएको उनको भनाई छ । 

विश्व हिन्दु महासङ्घका बरिष्ठ उपाध्यक्ष शङ्कर खरालले नेपालका आध्यात्मिक व्यक्ति योगी नरहरिनाथको सङ्कल्पमा निर्मित हरिहर मन्दिरमा कोटिहोम गर्न पाउनु गौरवको विषय भएको बताए । यति विशाल कोटिहोम न विगतमा भएको थियो र न अब हुनेछ भन्दै कोटिहोममा सहभागी हुन पोखरेलीलाई आग्रह गरे ।

महायज्ञमा बुधबार कथाबाचक बाल विदुषी अनुराधा पाण्डेयले कथावाचन गरेकी छन् । संस्थापक विजय कृष्णमूर्तिका अनुसार महायज्ञको लागि बिहीबार देवी प्रतिभा पोखरा आउनेछन् । उनले बैशाख ५ गते शुक्रबारबाट कथावाचन गर्नेछिन् । गत चैत्र १७ गते देखि नै कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरू भइरहेको छ ।  कोटिहोमकै अवसरमा राष्ट्रिय भजन प्रतियोगिता समेत हुँदैछ । 

बैशाख ११ गते वृहत साइकल प्रभातफेरी, बैशाख १२ गते वृहत ट्याक्सी प्रभातफेरी, बैशाख १३ गते वृहत मोटरसाइकल प्रभातफेरी, बैशाख १४ गते वृहत डुङ्गा प्रभातफेरी, बैशाख १५ गते वृहत पैदल यात्रा, बैशाख १६ गते वृहत मङ्गलमय कलश यात्रा हुनेछ ।

कोटिहोम महायज्ञको पूर्वाङ्ग बैशाख १७ गते बिहान गरिनेछ । बैशाख १९ गतेबाट हवनात्मककार्य प्रारम्भ गरिनेछ भने सोही दिन अग्नि मन्थन, अग्नि कुण्डमा अग्नि प्रवेश गराउने, अग्निमा समिधा दान, अग्नी कुण्णमा आहूतिप्रदान गरिनेछ ।  जेठ २६ गते कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरि अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्य गरिने आयोजक श्री मानव सेवा फाउण्डेसन नेपाल पोखराले जानकारी दिएको छ । महायज्ञ पोखरा १७ बिरौटामा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर क्षेत्रमा आयोजना गरिएको हो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…