२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पोखरा विमानस्थल नचलाउने षड्यन्त्र नहोस् भन्ने पोखरा उद्योग वाणिज्य संघको माग

पोखरा, ९ वैशाख । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा अनियमितता भए छानबिन गर्नुपर्ने तर त्यही बहानामा अन्तर्राष्ट्रिय उडान रोक्ने प्रपञ्च नहोस् भन्ने माग गरेको छ ।

संघका महासचिव शोभा गौतमबाट मंगलबार जारी विज्ञप्तिमा भनिएको छ,‘ निर्माणको क्रममा अनियमितता भएको छ भने त्यसको  छानबिन र दोषीमाथि हदैसम्मको कारवाही होस् । अन्याय, बेथिति, दुरुपयोग घोटालाका विरुद्ध हामी साथ सहयोग गर्न तयार छौँ । तर, विभिन्न बहानामा पोखराको बदनाम गर्ने, निर्माण भएर भर्खर अन्तर्राष्ट्रिय उडान हुँदै गरेको  विमानस्थल संचालनमा रोकावट तथा अवरोध हुने गरी कोही कसैबाट अवान्छित गतिविधि क्रियाकलाप चाहिँ नहोस् भन्ने हाम्रो जोडदार माग रहेको छ ।’

विज्ञप्तिमार्फत् संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा भाँजो नहाल्न  सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिको सशक्त प्रतिवाद गर्ने उद्घोष पनि गरेको छ ।

संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको प्रतिवेदनमा एयरपोर्ट निर्माणको क्रममा भ्रष्टाचार भएको किटान गरिएपछि पोउवा संघले यस्तो प्रतिक्रिया जनाएको हो ।
संघकै अगुवाइ, निरन्तरको पैरवी र लामो रिले अनसनपछि विमानस्थल निर्माण भएको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ,‘  संघको ‘भगिरथ प्रयास’ को जगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको भन्नेमा कुनै द्विविधा छैन ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताका निम्ति हामीले पटक–पटक नागरिक उड्डयन प्राधिकरण, प्रधानमन्त्रीदेखि  मन्त्रीलगायत सबै सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराएका छौँ । नियमित अन्तर्राष्ट्रिय उडानको सुुिनश्चितताका निम्ति हाल चीनको सिचुवान प्रान्तको छिन्दुमा भइरहेको चार्टर उडानका निम्ति पनि मिति २०८१चैत्र १९ गतेको दोश्रो उडानमा संघले पहलकदमी गरेको छ ।’

विज्ञप्तिमा  विमानस्थल निर्माणकै बेला रोक्न भाँजो हालिएको जिकिर गर्दै अगाडि भनिएको छ,‘ ती घटनाहलाई हामीले संघीय राजधानी काठमाडौंको केन्द्रीकृत मानशिकताको उपज भएको ठहर गरेका थियौँ । अहिले पनि त्यस्ता मानशिकता बोक्ने मान्छेहरु क्रियाशिल छन् र उनीहरु अधिकार प्रत्यायोजन एवं अर्को क्षेत्रको विकास चाहँदैनन् कि भन्ने हामीलाई महसुस भएको छ ।’

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…