२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

वित्तीय साक्षरतासँगै स्वरोजगार बन्नाउँदै सहकारी

स्याङ्जा । पछिल्लो समयम सहकारी क्षेत्र बदनाम र समस्याग्रस्त बन्दै गएको अवस्थामा स्याङ्जाको एक सहकारीले शेयर सदस्यलाई वित्तीय साक्षरतासँगै स्वरोजगार बनाउने अभियान चलाएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिकास्थित ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थाले उक्त अभियान चलाएको हो ।

चैत्रको दोस्रो हप्ताबाट चलेकोे उक्त अभियान अर्न्तगत वित्तीय साक्षरता तर्फ संस्थाले प्रदान गर्ने सेवा, बचत गर्ने बानीको विकास, शुलभ ब्याजदरमा ऋण प्रबाह, म्यादी बीमा, पशु बीमाले पुर्‍याउने फाईदा र सामाजिक साझेदारी कार्यक्रममा २१ सय बढि शेयर सदस्यलाई प्रशिक्षित बनाएको सहकारीले जनाएको छ ।

कृषिमा तरकारी खेति तर्फ ३० कृषकलाई उत्पादन र व्यवस्थापन, पशुपालनमा १० जना पशुपालक कृषकलाई नश्ल सुधार, उत्पादन बृद्धि र बजारीकरणमा सहजीकरण गर्न सहकारीले समन्वय गरेको सहकारीका प्रबन्धक शालिग्राम काफ्‌ले बताए । सहकारी मार्फत मौसमी तथा बेमौसमी तरकारी खेति, बाख्रा, कुखुरा, बंगुर र भैसीपालनमा ५० कृषक स्वरोजार बनेको काफ्‌लेले दाबी गरे ।

सहकारी मार्फत स्थानीय कृषकले उत्पादन गरेको तरकारी आन्तरिक रुपमा खपत हुँदै आएको प्रबन्धक काफ्‌लेले बताए । उनका अनुसार पालिकामा उत्पादित दुग्ध र मासुजन्य सामग्रीहरु जिल्लाका साना बजार र पोखरा तथा बुटवलका ठूला बजारमा निर्यात हुँदै आएको छ । सहकारीका १ हजार ऋणी सदस्य मध्ये झण्डै ६ सय भन्दा बढि पशुपालक कृषक आबद्ध छन् ।

‘आलीदेखि थालीसम्म, मत्रोदेखि कात्रोसम्म’ कार्यक्रम लागु गरेको सहकारीले शेयर सदस्य सुत्केरी भएमा नगद २ हजार र मृत्यु भएमा नगद १५ हजार हस्तान्तरण गर्दै आएको छ । चालु वर्र्षमा बाढिपहिरो पिडीत ४ घरपरिवारलाई त्रिपाल, लत्ताकपडा वितरण गरेको सहकारीले शेयर सदस्यका बालबालिका अध्ययन गर्ने २ विद्यालयलाई ३ लाख बराबरको फर्निचर सामग्री हस्तारण गरेको छ ।

अर्जुनचौपार पालिका भित्र कार्य क्षेत्र रहेको सहकारी आर्थिक वर्ष २०६८/०६९ मा नोक्सानमा थियो । सहकारीको तथ्याङ्क अनुसार पछिल्लो वर्ष २०८०/०८१ मा ४ करोड बराबरको जगेडाकोष समेत बनेको छ । ३४ सय ८४ घरधुरी रहेको पालिकाका सहकारीमा १२ वटा अन्तरसमूह अर्न्तगत १ हजार ६ सय महिला र ९ सय पुरुष गरी झण्डै २५ सय शेयर सदस्य छन् ।

पालिकामा रहेका १८ क्रियाशिल सहकारी मध्ये उत्कृष्ट ग्रामीण स्वावलम्बन सहकारीको शेयर पुँजी २ करोड रहेको छ । २५ करोड कर्जा प्रबाह गरेको सहकारीमा १५ करोड ५० लाख बचत र ६ करोड बाह्यि ऋण रहेको सहकारीका अध्यक्ष बोध नारायण रेग्मीले बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सात प्रदेशका उत्कृष्ट सात सहकारी मध्ये गण्डकी प्रदेशबाट छनौट भएको ग्रामीण स्वावलम्बन सहकारीले अर्जुनचौपारीलाई तरकारी, मासु, दुध र खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियान समेत संचालन गर्ने तयारी गरेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…