२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

रोटरी काठमाण्डौ हेरिटेजद्धारा निशुल्क स्वास्थ शिविर

काठमाण्डौ । रोटरी काठमाण्डौ हेरिटेजद्धारा निशुल्क स्वास्थ शिविर आयोजना गरेको छ । काठमाण्डौंको गुहेश्वरी स्थित बाल सारथी एकेडेमीमा आयोजना गरिएको उक्त शिविरमा एकेडेमीका बिद्यार्थीहरु र स्थानियहरु सहित २५० जनाले निशुल्क स्वास्थ जांच गराउनुको साथै उनिहरुलाई निशुल्क औषधीहरु समेत बितरण गरिएको थियो । शिविर आयोजना गर्नको लागि शान्ति सेवा गृहले डाक्टर तथा अन्य मेडिकल टिम सहयोग गरेको थियो ।
रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजका चार्टर्ड प्रेसिडेन्ट हेमा कुमारी अधिकारीको अध्यक्षताका सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन क्लबका मेम्बरसिप चेयर डा. माला खरेले गर्नुभएको थियो भने कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष हरी पाण्डेज्यू प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिब डा. बुद्धि मल्लले गर्नुभएको थियो ।
कार्यक्रममा सेवाग्राहीहरुको निशुल्क रक्त परिक्षण, स्वास्थ परिक्षण, दन्त परिक्षण, फिजियोथेरापी सेवा तथा अन्य बिभिन्न किसिमका रोगहरुको निशुल्क परामर्श उपलब्ध गराउनुको साथै स्वास्थ परिक्षण गरिएकाहरुलाई निशुल्क जुकाको औषधी, लिटो, सातु, दन्त मन्जन, ब्रश तथा अन्य बिभिन्न औषद्यीहरु उपब्ध गराईएको थियो । क्लबले यसअघि क्यान्सर सचेतना तथा अर्को क्लबसंग मिलेर संयुक्त रुपमा निशुल्क स्वास्थ शिविर आयोजना गरिसकेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…