२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

स्याङ्जाका पत्रकारको स्वास्थ्य परिक्षण

स्याङ्जा । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्याङ्जामा पत्रकारहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको आयोजना, वालिङ नगरपालिकाको सहयोग र गह्रौँ प्राथमिक अस्पताल वालिङको प्राविधिक सहयोगमा शनिबार गह्रौँ प्राथामिक अस्पतालमा पत्रकारहरुका लागी नसर्ने रोग, आँखा परिक्षण तथा महिला पत्रकाहरुका लागी पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको हो ।
शिविरमा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले स्याङ्जाको पत्रकारीता विकास र दक्षताका लागी वालिङ नगरपालिका सँधै साथमा रहेको बताइन् । वालिङ स्याङ्जाको केन्द्र हो उपप्रमुख गैह्रेले भनिन्,‘नगरको विकासका लागी पत्रकारहरुको सुझावको पनि आवश्यकता देखेका छौं ।’ जनप्रतिनिधिले नदेखेका धेरै विषय पत्रकारहरुको आँखाबाट देख्ने भएकाले नगरकोे विकासका लागी पत्रकारहरुको अमुल्य सुझाव र सल्लाहका साथ हामी अगाडि बढ्नेछौँ उनले भनिन् । वालिङको छुट्टै गरिमा र पहिचान गरेकाले यसको साख बचाउँदै थप उचाईमा पुर्‍याउन तथा नगरका सकरात्मक कार्यहरुहरुलाई आम नागरिकसमक्ष पुर्‍याउन र कमीकमजोरी औँल्याउन पनि पत्रकारहरुले भुमिका खेल्ने उपप्रमुख तिवारीको भनाई थियो ।
कार्यक्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङका अध्यक्ष तथा वालिङ नगरपालिका निर्वतमान प्रमुख दिलिपप्रताप खांणले राज्यको चौँथो अंगको रुपमा रहेको पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेलगायतले पत्रकारहरुप्रति पछिल्लो समय सामाजिक सञ्जालहरुमा आक्रमण भईरहेको भन्दै यसका लागी पत्रकारिताको छवि पनि स्वस्च्छ राख्न आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदिप कोईरालाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नसर्ने रोगसंगै आँखाको जाँच समेत थप गरेर यो शिविरको आयोजना गरिएको भन्दै सँधै समाज र राष्ट्रको शुसासन र स्वास्थ्यको चिन्ता गर्ने पत्रकारहरुले आफ्‌नै स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्नेमा जोड दिए । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले महिला पत्रकारहरुका लागी पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने तथा नसर्ने रोगहरुको परिक्षण गर्ने परिपत्र नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयलाई गरेकाले महासंघ स्याङ्जा शाखाले यो शिविरको आयोजना गरेको बताए । सधै रिपोर्टिङमा मात्रै खटिनुपर्ने पत्रकारहरुलाई स्वास्थ्य शिविरबाट स्वास्थ्य परिक्षणको शिविरको आयोजना स्वागतयोग्य रहेको उपाध्यक्ष माधव गैह्रे र सहसचिव कला रानाले बताए ।
कार्यक्रममा ७ जना महिला पत्रकारहरुको पाठेघरको मुख क्यान्सरको स्क्रिनिङ, २४ जना पत्रकारहरुले आँखा, मुटु, सुगर, उच्च रक्तचाप, मृगौलाको परिक्षण गराएका छन् । शिविरमा गह्रौँ प्राथामिक अस्पतालका विशेषज्ञ डाक्टर सुमन थपलिया, मेडिकल अधिकृत डा. रोशन रेग्मी, अस्पताल नर्सिङ निरिक्षक भोजकुमारी शर्मा, ल्याब असिष्टेन्ट निरिक्षक इश्वर कोईरालालगायतको टोलीले सेवा दिएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…