२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबरस्वास्थ्य

कास्कीको अन्नपूर्णमा मुटु स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न

अन्नपूर्ण, कास्की । स्वस्थ मुटु नेपालले मुटु स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्वस्थ मुटु नेपालको आयोजना अन्नपूर्ण गाउँपालिका कास्की र टाईगर ग्रुप अफ नेपालको सहयोगमा अन्नपूर्ण गाउँपालिका–२, कास्कीको सभाहलमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा पालिकाभित्र रहेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयम् सेविकाहरू गरी प्रतिनिधिमूलक रूपमा १२० जनाको सहभागिता रहेको थियो । अन्य सहयोगीमा अन्नपूर्ण म्याराथन-२०८२, अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था, ढिकुर पोखरी समाज, होटल पिस प्लाज़ा, खाना नफालौं नेपाल रहेका थिए ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगन्ज अन्तर्गत मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटाद्वारा मुटु स्वस्थ कसरी राख्न सकिन्छ भन्ने बिषयमा  अभिमुखीकरण गराएका थिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ एवं स्वस्थ मुटु नेपालका अध्यक्ष समेत रहेका डा. देवकोटाले खानपानमा नियन्त्रण र जीवनशैलीमा परिवर्तन गर्न सके मुटु रोगबाट बच्न सकिने भनाई राखेका थिए ।

उनले संसारमा अकालमा मृत्यु हुने प्रमुख कारण मुटु रोग देखिएको बताउदै किन बढ्दै छ मुटु रोग ? यसका लक्षण के हुन्? सुरु सुरुमा धनी मानिसमा मात्र देखिने भनिएको मुटुको समस्या अहिले किन सबैलाई देखिन थालेको छ ? के हो हृदयघात? यसलाई कसरी कम गर्न सकिन्छ ? मुटुको रोगमा कस्ता खाना खाने वा नखाने ? मुटु रोग कति प्रकारका हुन्छन् ? मुटुको सुरक्षा कसरी गर्ने ? भन्ने विषयमा अभिमुखीकरण गराएका थिए ।

स्वस्थ्य मुटु नेपालका उपाध्यक्ष भरतराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर केसीले अभिमुखीकरण कार्यक्रममा पालिकाभित्र रहेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयम् सेविकाहरूलाई प्रतिनिधिमूलक रूपमा अभिमुखीकरण कार्यक्रममा बोलाईएको बताउदै यस्को सकारात्मक सन्देश सबै ठाउँमा पुर्र्याउन सहभागीलाई आग्रह गरेका थिए ।

त्यस्तै, बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव झलकराम अधिकारीले डा. देवकोटा अन्नपूर्णको गहना रहेको बताए । कार्यक्रमको संचालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलले गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…