२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

जिसीद्वारा जन्मदिनमा गुरुकुल विद्याश्रमको अक्षयकोषमा रकम जम्मा

पोखरा । पोखरा-८ निवासी समाजसेवी प्रेम बहादुर जिसीले आफ्नो जन्मदिनमा केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रमको अक्षयकोषमा रकम जम्मा गरेका छन् ।

जिसीले मंगलवार आफ्नो ६९औं जन्मदिनको अवसरमा श्री केदारेश्वर महादेवमणि सेवा आश्रम समितिद्वारा संचालित श्री केदारेश्वर महादेवमणि वैदिक गुरुकुल विद्याश्रमका विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले १ लाख ८ हजार ११ रूपैयाको चेक विद्याश्रमको अक्षयकोषमा रकम जम्मा गरेका हुन् ।

सराङकोट धार्मिक एवं पर्यटन विकास समितिका अध्यक्ष समेत रहेका जिसीले श्रीमतीद्वय चन्द्रकला जिसी र शर्मिला जिसीको उपस्थितिमा श्री केदारेश्वर महादेवमणि मन्दिर एवं केदारेश्वर वैदिक गुरूकुल बिधाश्रमका पिठाधिस डा. लेखनाथ आचार्यलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै जिसीले वैदिक गुरूकुल बिधाश्रम व्यवस्थित र दीर्घकालीन रूपमा संचालन गर्न सहयोग पुगोस् भन्ने हेतुले जन्मदिनको अवसर पारी बिधाश्रमद्वारा संचालनमा रहेको अक्षयकोषमा रकम जम्मा गर्न पाउँदा गर्व महशुष भएको प्रतिक्रिया दिएका छन्।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…