२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

मल्टिपल कन्भेन्सन तयारी पूरा, मल्टिपल काउन्सिल चेयरपर्सनमा थापानिर्विरोध निर्वाचित

काठमांडौ । लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको मल्टिपल कन्भेन्सनको तयारी पूरा भएकोछ ।

लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन रमेश कुमार लामाले जेठ २४ गते शनिवार काठमाडौंको प्रज्ञा भवन हुने मल्टिपल कन्भेन्सनको तयारी पूरा भएको बताएका छन् ।

मन्टिपल कन्भेन्सन सम्पन्न गर्नका लागि पूर्व डिष्ट्रिक्ट गर्भनर धुर्व बहादुर थापा संयोजक रहेको ५ सदस्यीय मूल आयोजक समिति र विभिन्न २१ वटा उप–समिति गठन भएको थियो ।

मूल आयोजक समितिका संयोजक थापाका अनुसार समितिको सह–संयोजकमा डिष्ट्रिक्ट ३२५ पि नेपालका क्याविनेट सेक्रेटरी माधव प्रसाद खनाल, सदस्यहरुमा क्रमशः डिष्ट्रिक्ट ३२५ एमका डिष्ट्रिक्ट को–चिफ एडभाईजर गिता शर्मा चापागाई, डिष्ट्रिक्ट ३२५ आर का क्लस्टर चिफ सुशील मल्ल र डिष्ट्रिक्ट ३२५ जी का एलसिआईएफ डिपार्टमेन्ट को-अर्डिनेटर गणेशमान मुश्याखो रहेका छन् ।

मन्टिपल कन्भेन्सन सम्पन्न गर्नका लागि डिष्ट्रिक्ट ३२५ जे नेपालले जिम्मेवारी पाएको थियो । थापाका अनुसार मन्टिपल कन्भेन्सनको सम्पूर्ण तयारी अन्तिम पूरा भएको उनले जानकारी दिए ।

मन्टिपल कन्भेन्सनबाट लायन बर्ष २०२५/२६ का लागि नयाँ नेतृत्व समेत निर्विरोध भएको निर्वाचन समितिका संयोजक पूर्व डिष्ट्रिक्ट गभर्नर ड़ि.आर. खनालले जानकारी दिए । खनालका अनुसार आधिकारिक घोषणा जेठ२४ हुने मन्टिपल कन्भेन्सनमा गरिने छ । समितिको सह-संयोजकमा किशोर बराल, मदन मुल्मी, निरन्जन श्रेष्ठ र शोभाकान्त बस्याल रहेका छन् । 

खनालका अनुसार कन्भेन्सनले नयाँ मल्टिपल काउन्सिल चेयरपर्सनमा मिलन थापा, भाईस मल्टिपल काउन्सिल चेयरपर्सनमा बिधान जोशी, काउन्सिल सेक्रेटरीमा बबरजंग थापा  काउन्सिल टेजररमा नवराज सापकोटा चयन भएका छन् । भने जोईन्ट सेक्रेटरी र ट्रेजररको मनोनयन नपरेकोले नवनिर्वाचित टिमले पछि चयन गर्ने छ । 

त्यस्तै, यस बर्षको मन्टिपल कन्भेन्सनले उक्त कन्भेन्सनले अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सीको पनि चुनाव गराउनेछ । मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा इन्डोर्सी भएमा सन्२०२६ को लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट दुई वर्षका लागि चुनिने छन् । उक्त कन्भेन्सनमा १५ वटै डिष्ट्रिक्टका क्लबबाट क्रेड्रेन्सियल लिनु भएका लायन्स लिडरहरु भोटर रहनेछन् ।

डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गर्भनर एवं आगामी बर्षका लागि निर्विरोध मल्टिपल काउन्सिल चेयरपर्सनमा चुनिनु भएकी मिलन थापाले मन्टिपल कन्भेन्सन होस्ट गर्ने अवसर प्रदान गर्नु भएकोमा मल्टिपल काउन्सिल चेयरपर्सन रमेश लामासहितको गर्भनर र मल्टिपल काउन्सिल गर्भनर्स टिमप्रति आभार समेत ब्यक्त गरेकीछन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…