२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

पोउवा संघमा हङकङकी डिष्ट्रिक्ट काउन्सिलर अरुणाको स्वागत

पोखरा,२८ जेठ । पोखरा उद्योग वाणिज्य संघले आफ्नी हङकङ प्रतिनिधि तथा हङकङको जिल्ला परिषद् सदस्य अरुणा गुरुङको स्वागत र सम्मान गरेको छ ।
पोखरा उद्यो वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,पूर्वअध्यक्ष विश्वशंकर पालिखेसहित पदाधिकारी र संघका कार्यसमितिका सदस्यहरुले अरुणालाई बधाईसहित स्वागत गरेका हुन् ।
अरुणाले हङकङमा रहेर त्यहाँका उद्योग वाणिज्य संघहरुमा आयोजना हुने कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको प्र्तिनिधित्व गर्दै आएकी छन् । हङकङ सरकारले उनलाई सन् २०२४ मा नै याउचिम मोङ जिल्लाको प्रतिनिधित्व गर्ने गरी परिषद् सदस्यमा नियुक्त गरेको थियो । नेपाली तथा जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नेपाली समुदायबाट हङकङमा यो पदमा पुग्ने अरुणा पहिलो हुन् । उनको कार्यकाल सन् २०२७ सम्म रहेको छ ।
पोखरा उद्योग वाणिज्य संघको नेपाल च्याम्बर अफ कमर्स हङकङसँग भगिनी सम्बन्ध रहेको छ । पोउवा संघ र  तथा नेपाल च्याम्बर अफ कमर्स हङकङबीच सन् २०१८ नै आपसी सहयोग आदान–प्रदानसम्बन्धी समझदारी भएको थियो । नेपाल च्याम्बर हङकङको २०८० साल असार १३ गते सम्पन्न १५  औं महाधिवेशनमा चाहिँ औपचारिक रुपले भगिनी सम्बन्ध स्थापना भएको थियो । त्यहाँ हुने कार्यक्रममा पनि पोउवा संघको तर्फबाट अरुणाको प्रतिनिधित्व रहँदै आएको छ ।
स्वागत कार्यक्रममा बोल्दै पोउवा संघका अध्यक्ष पवनकुमार प्रजापतिले पोखरामा विदेशी लगानी भित्र्याउन तथा पर्यटन प्रवद्र्धनको लागि अरुणाबाट प्राप्त सहयोगको मुक्तकण्ठले प्रशंसा गरे । उनले पोखरा भ्रमण वर्ष २०२५ लाई हङकङमा प्रचार गर्नको लागि अरुणालाई आग्रह पनि गरे । नेपाली चेलीले हङकङको डिष्ट्रिक्ट काउन्सिलर पद प्राप्त गर्नु संघको लागि गौरवको विषय भएको उनको भनाइ थियो ।
सम्मान ग्रहणपछि बोल्दै अरुणाले आफूले हङकङमा रहेका नेपालीसहित अल्पसंख्यकको अधिकारको पक्षमा निरन्तर काम गर्दै आएको र नेपालको प्रचार गर्ने मामिलामा पनि कुनै कसर बाँकी नराखेको बताइन् । केही वर्ष पहिलासम्म हङकङ जाँदा नेपालीले एयरपोर्टमै भिसा पाउने अवस्था रहेको स्मरण गर्दै उनले भनिन्,‘अहिले भिसा पाउनै समय लाग्ने भएको छ, भिसा प्रक्रिया सरलीकरणको लागि पनि मैले सक्दो प्रयत्न गरेको छु ।’
हङकङमा रहेका धनाढ्यहरु उद्योगपतिहरुले लगानीको नयाँ क्षेत्र खोजिरहेको बताउँदै उनले त्यसका लागि नेपाल सरकारले सम्भावनाको क्षेत्रसहितको जानकारी दिनुपर्ने बताइन् ।
पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले अरुणाको उपलब्धिले नेपालीको शिर उच्च बनाएको बताउँदै नेपाल प्रवद्र्धनका निम्ति उनीबाट सरकारले नै सहयोग लिनुपर्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा उपमहासचिव सुदीप प्रधानाङ्गको संचालन रहेको कार्यक्रममा अरुणाका पति तथा समाजसेवी कुलप्रसाद गुरुङ र भाइ राजकुमार गुरुङ पनि सहभागी थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…