२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

लायन बर्ष २०२५/२६ का लागि तयारी बैठक पोखरामा

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२५/२६ का लागि पोखरामा तयारीबैठक सम्पन्न भएको छ । विहिवार एस.आर.के.सी. वेनक्यूईट माटेपानी पोखरा क्षेत्रका मनोनित डिष्ट्रिक्टएडमिनिट्रेटर, एरिया को–अर्डिनेटर, रिजन चेयर पर्सन, जोन चेयरपर्सन तथा लायन वर्ष २०२५/२६ का लागिनिर्वाचित क्लव अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

इलेक्ट डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेकोअध्यक्षतामा सम्पन्न बैठकमा डिष्ट्रिक्ट चिफ काउन्सिलर महेश पाण्डेले मनोनित पदाधिकारी र निर्वाचितअध्यक्षको आफ्नो पदिय जिम्मेवारी सम्बन्धि प्रस्तुतिकरण दिएका थिए ।

इलेक्ट डिष्ट्रिक्ट गभर्नर पाण्डेले आगामी बर्ष डिष्ट्रिक्टले तय गरेका कार्यक्रमको बारेमा जानकारी गराएकीथिईन् । पाण्डेले मानविय सेवामा समाहित विश्वको सबै भन्दा ठुलो सामाजिक संस्था लायन्स अन्तराष्ट्रियमा छुट्टैपहिचान बनाउन सफल डिष्ट्रिक्ट ३२५ आई नेपालको सदस्य हुन पाउनु हामी सबैका लागि गर्वको कुरा रहेकोबताउदै विगत् र वर्तमानमा डिष्ट्रिक्टले कायम गरेको विशेष पहिचानलाई आगामी वर्ष पनि कायम राख्नु हामीसबैको कर्तव्य र दायित्व रहने भनाई व्यक्त गर्दै सहायोगका लागि आग्रह समेत गरेकी थिईन् ।

उनले एउटा जिम्मेवार लायन्स सदस्यले संस्थागत रूपमा काम गर्ने हो, व्यक्ति (गभर्नर) को आउँछन् जान्छन् त्योठुलो कुरा नभई सबै भन्दा ठुलो संस्था रहेको उल्लेख गरिन् ।

निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार के.सी.ले क्लव, डिष्ट्रिक्ट तथा क्याविनेटका विभिन्न पद तथा जिम्मेबरीसहित समुदाय तथा मानविय सेवाका कार्य गर्दा प्राप्त हुने कर्तव्य बोध, दायित्ववहन तथा प्राप्त हुने अनुभुतिहरुआनन्ददायी हुने भनाई  राखेका थिए ।

त्यस्तै, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले मेरो क्लब बलियो क्लबको अवधारणा बिगतका बर्षमाल्याईएका कार्यक्रम मध्ये बढ़ी प्रभावकारी रहेकोमा जोड दिएका थिए । उनले क्लव व्यवस्थापनमा क्लवअध्यक्षको भूमिका, दात्यिव तथा कर्तव्य महत्वपूर्ण हुने भनाई राखेका थिए ।

लायन वर्ष २०२५/२६ का लागि मनोनित क्याविनेट एडिशनल सेक्रेटरी ज्ञान बहादुर रानाको संचालन रहेकोकार्यक्रममा सेकेण्ड भाईस डिष्ट्रिक्ट गर्भनर इलेक्ट शैलेन्द्रमोहन भट्टराईले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापनगरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…