२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

गरिमा बैंकद्वारा वर पिपल संरक्षण अभियान देशव्यापी

स्याङजा । गरिमा विकास बैंक लिमिटेडले सञ्चालन गरेको “गरिमा बर-पिपल वृक्षारोपण अभियान” अन्तर्गत स्याङ्जा, पोखरा र बागलुङका विभिन्न स्थानमा वृक्षारोपण अभियान सुरू भएको छ। वातावरण संरक्षण र धार्मिक तथा सांस्कृतिक महत्व बोकेका वृक्षहरूको संरक्षणका लागि यो अभियान सुरु गरिएको बैंकले जनाएको छ।

वृक्षारोपण कार्यक्रम २०८२ साल असार २२ गते मंगलबार विभिन्न शाखा कार्यालयमार्फत एकैसाथ सम्पन्न गरिएको हो। कार्यक्रम अन्तर्गत वालिङ शाखा अन्तर्गत धार्मिक पर्यटकीय स्थल गर्हौकालिका मन्दीर परिसरमा, छाँयाक्षेत्र मन्दीर र वालिङ स्कोलर्स फाउण्डेशन परिसर गरि ३ स्थानमा वैकका अध्यक्ष दिलिप प्रताप खाँणले वर पिपल र समीका बिरुवा रोपण गरि अभियानको सुरूवात गरिएको वैकको वालिङ शाखाका प्रमुख प्रेम किशोर अर्यालले जानकारी दिएका छन् ।

आजनै वैकका विभिन्न शाखा मार्फत पोखराको तुल्सीघाट, पुम्दीकोट, चापाकोट स्याङ्जाको सितलपार्क, दाङ तुल्सीपुरको मोतिपुर लगायतका  स्थानहरूमा बर र पिपलका विरुवा रोपिएको गरिमा विकास वैकले जनाएको छ ।

वैकको सामाजिक उत्तरदायीत्व अन्तर्गत १० वर्ष सम्म वृक्षारोपण गरिएका स्थानहरूमा निरन्तर हेरविचार र चौपारी समेत निर्माण गर्ने योजना रहेको जनाएको छ ।

बैंकले वातावरणीय सन्तुलन कायम राख्न, धार्मिक सम्पदाको संरक्षण गर्न र समुदायमा हरियाली अभियानप्रति चेतना फैलाउन यस किसिमका कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…