
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले पोखरा नयाँ बजारमा डिष्ट्रिक्ट सचिवालय सञ्चालनमा ल्याएको छ । डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले बटुकद्वारा स्वस्ति वाचन गरी विहिवार पोखरा–९, नयाँबजारस्थित पोखरा निर्माण सामग्री ब्यवसायी संघको भवनमा रहेको सचिवालयको उद्घाटन गरेकी छन् ।
कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर सुर्य कुमार के सी, द्वितीय डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टाराई, पूर्व डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, राम बहादुर बसेल, क्याविनेट सेक्रेटरी राम बहादुर श्रेष्ठ, क्याविनेट ट्रेजरर महेन्द कुमार राठीलगायत लायन्स लिडरहरुको उपस्थितिमा डिष्ट्रिक्ट सचिवालय उद्घाटन गरिएको पोखरा सचिवालय संयोजक एवं डिष्ट्रिक्ट चिफ पिआरओ ऋषि गिरीले जानकारी दिए ।
सचिवालयको समुद्घाटन गर्दै डिष्ट्रिक्ट गभर्नर पाण्डेले डिष्ट्रिक्ट ३२५ आई नेपालको गण्डकी क्षेत्रमा ब्यवस्थित कार्यालय स्थापना गरेकोमा खुसी ब्यक्त गर्दै आउँदा दिनमा लायन साथीहरूको जमघट, फेलोशिपसँगै सेवाका कार्यहरूमा सक्रियता बढने बिश्वास ब्यक्त गरिन् ।
उनले व्यवस्थित सचिवालय निर्माणमा साथ र सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै सचिवालय स्थापना भएपछि यस क्षेत्रका लायन्स साथीहरुलाई भेटघाट गर्न सहज हुने र डिष्ट्रिक्ट सचिवालयबाट सम्पादन गर्ने सम्पूर्ण कामहरु पनि यहि सचिवालयबाट गरिने बताईन् ।











