२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट)मा न्यौपाने

पोखरा । सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) पोखरा को २३ औं वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । नेष्टको अधिवेशनले सूर्यप्रसाद न्यौपानेलाई अध्यक्षमा चुनेको छ । नेष्टको उपाध्यक्षमा कमला देवी श्रेष्ठ, सचिवमा कुमबहादुर गुरुङ, कोषाध्यक्षमा सन्देश सुवेदी, सहसचिवमा प्रभा आचार्य चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भुवन पराजुलीले जानकारी दिइन् ।

नेष्टको सदस्यहरुमा डा. पदम श्रेष्ठ, महेन्द्रप्रसाद लामिछाने, कृष्णबहादुर भण्डारी र हिराकुमारी गुरुङ निर्वाचित भएका छन् । स्वयंसेवा तथा संस्थाको पहिचानलाई अब्बल बनाउने अभियानमा रहेको नेष्टको १० औं अधिवेशनबाट लेखा समिति संयोजकमा मोना भण्डारी, सदस्यमा केदार धमला र गिरिधारी पोख्रेल सर्वसम्मत निर्वाचित भएको निर्वाचिन समितिका सदस्य हरिप्रसाद लुईटेलले जानकारी दिए । निर्वाचन समिति संयोजकमा अधिवक्ता भुवन पराजुली र सदस्यमा सुरेन्द्रबाबु तिवारी र हरिप्रसाद लुईटेल रहेका थिए ।

संस्थाका अध्यक्ष आनन्दकुमार पराजुलीको अध्यक्षतामा भएको सभा सहसचिव रविन श्रेष्ठले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कार्यसमिति सदस्य प्रभा आचार्यले गरेकी थिइन् । संस्थाको वर्षिक प्रतिवेदन सचिव सूर्यप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन सन्देश सुवेदीले प्रस्तुत गरेका थिए । नयाँ नेतृत्वलाई सपथ खुवाउँदै अधिवक्ता पराजुलीले सौहार्दपूर्ण तवरले काम गर्न सुझाव दिएकी थिइन् । परामर्श सेवामा अग्रणी भूमिका खेल्दै आएको नेष्टले संघीय, प्रदेश र स्थानीय सरकारसँग हातेमालो गर्दैै अघि बढ्ने जनाएको कर्मचारी लेखा तथा प्रशासन सहायक मुना मजाकोटीले जानकारी दिइन् । नयाँ प्रविधि र सोचलाई सस्थागत गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद न्यौपानेले प्रतिवद्धता जनाएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…