२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

पोखरामा पनि कर्फ्यू आदेश जारी: शान्ति सुरक्षामा चुनौती देखिएपछि प्रशासनको कदम

पोखरा । सम्भावित झडपलाई नियन्त्रण गर्न कास्की जिल्ला प्रशासन कार्यालयले पोखरा महानगरपालिकाको चार किमी वरिपरिको क्षेत्रमा सभा–जुलुस निषेध आदेश जारी गरेको छ।

पोखरा सडकमा उत्रिएका युवाले भ्रष्टाचारको अन्त्य गर्न, सामाजिक सञ्जाल पुनः सञ्चालन गर्न र युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न माग राख्दै प्रदर्शन गरेका थिए।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा लागू हुने जानकारी दिएकी छन्। आदेशअनुसार पाँच जनाभन्दा बढी भेला, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

प्रशासनका अनुसार पछिल्ला दिनमा भइरहेको प्रदर्शन, जुलुस र सम्भावित हुलदङ्गाले शान्ति सुरक्षामा असर पार्न सक्ने देखिएकाले निषेधाज्ञा जारी गर्नुपरेको हो। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि विद्यमान कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

निषेधाज्ञा क्षेत्रका सीमाना

  • पूर्वतर्फ: वाई चोक (मिलनचोकसम्म)
  • पश्चिमतर्फ: फिस्टेल गेट (बेनीबास)
  • उत्तरतर्फ: मालपोत कार्यालय, कास्की
  • दक्षिणतर्फ: राष्ट्रिय बैंक चोक (पर्यटन बोर्ड कार्यालय अगाडिसम्म)

यससँगै पोखराको केन्द्रीय क्षेत्रमा कुनै पनि प्रकारका सभा–जुलुस वा भीडभाड नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

सन् १९९७ देखि २०१२ बीचमा जन्मिएका जेनजी पुस्ताको नेतृत्व र सहभागितामा भएको उक्त प्रदर्शनमा ठूलो संख्यामा विद्यार्थी र युवाको उपस्थिति रहेको थियो।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…