
पोखरा । नेपाल ट्रेड यूनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य मुरारी शर्मालाइ मातृशोक परेको छ। शर्माकी ममतामयी आमा देवका पौडेलको ९६ वर्षको उमेरमा असोज १ गते निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार स्व. आमाको शवयात्रा असोज २ गते बिहान ८ बजे निज निवासबाट शुरु भई रामघाट, पोखरामा अन्त्येष्टि गरिने भएको छ ।
लेखनाथ खानेपानी उपभोक्ता संस्था अध्यक्ष समेत रहेका शर्मा, डिल्लीराम पौडेल, शारदा आचार्य र पार्वती आचार्यकी आमा शर्माको निधनप्रति परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।











