
एसईई टपर अविरल भट्टराई सम्मानित
पोखरा । स्थापनाको छोटो समयमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको उत्कृष्ट क्लबमा पर्न सफल लायन्स क्लब अफ पोखरा ग्लोरीले स्थापनाको तेस्रो वर्ष पुरा गरेको छ ।
क्लबले विहिवार एक कार्यक्रमका बीच पोखरामा स्थापना दिवस मनाएको क्लबका संस्थापक अध्यक्ष अग्रिम श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष श्रीराम शर्मा सापकोटाले आफ़नो कार्यकालमा सम्पादन गरिएका कार्यक्रमका संयोजक साथै क्लबका सदस्यलाई अवार्डेड गरेका थिए ।
त्यस्तै क्लबका संस्थापक सदस्य नारायण भट्टराईका छोरा अविरल भट्टराईले २०८१ सालको एसईई परीक्षामा ४ जिपिए ल्याउनु भएकोमा आगामी शैक्षिक यात्राको शुभकामनासहित सम्मान गरिएको थियो ।

क्लबका अध्यक्ष केशव पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै निवर्तमान डिष्ट्रिक्ट गभर्नर तथा प्रमुख अतिथि बिनोद ढुंगानाले स्थापनाको छोटो समयमा क्लबले धेरै राम्रा र रचनात्मक कार्यक्रम गर्न सफल रहेको बताउँदै आगामी दिनमा पनि उत्कृष्ट क्लब बनिरहन सुझाव दिए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष अग्रिम श्रेष्ठले क्लब स्थापना पछिका उचाढ चढाबसैंग क्लबले प्राप्त गरेको उपलब्धिको चर्चा गरेका थिए । क्लबका सह-सचिव प्रेम बरालको संचालन रहेको कार्यक्रममा डिष्ट्रिक्ट चिफ़ पिआरओ ऋषि गिरी, डिष्ट्रिक्ट को-अर्डिनेटर बिष्णु श्रेष्ठ, जोन चेयरपर्सन उमा रेग्मी भण्डारी, क्लब सदस्य रूपेन श्रेष्ठ लगायतले बोलेका थिए ।












