२०८३ कार्तिक १६, सोमबार Monday, November 2, 2026
खबर

कांग्रेस कास्की–१ को ‘आमा–शिशु साथ अभियान’ : सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा

0Shares

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गर्दै ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको छ  अभियानअन्तर्गत सुत्केरी आमालाई पोषणका लागि एउटा लोकल कुखुराको भाले र नवजात शिशुलाई मौसमअनुसारका नयाँ कपडा उपलब्ध गराइनेछ ।

क्षेत्रीय कार्यसमितिको नवनिर्वाचित समितिले पदभार ग्रहण गरेपछिको पहिलो बैठकबाट एक वर्षसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । क्षेत्रीय सभापति सरोज केसीको अध्यक्षतामा बसेको बैठकले मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै अभियान अघि बढाउने निर्णय गरेको सभापति केसीले जानकारी दिए ।

अभियानअन्तर्गत बच्चा जन्मिएको ११ दिनभित्र सहयोगको आवश्यकता महसुस गरी सम्पर्कमा आउने लक्षित परिवारलाई सम्भव भएसम्म २४ घण्टाभित्र सहयोग उपलब्ध गराइनेछ । सुत्केरी आमाको पोषणका लागि एउटा स्थानीय लोकल कुखुराको भाले तथा नवजात शिशुका लागि मौसमअनुसार उपयुक्त दुईदेखि तीन थान नयाँ कपडा प्रदान गरिने केसीले बताए ।

उनका अनुसार आर्थिक रूपमा अत्यन्त विपन्न अन्य परिवारलाई पनि आवश्यकताका आधारमा सहयोग गर्न सकिनेछ । सहयोगको वास्तविक आवश्यकता र उपलब्ध स्रोतलाई आधार बनाएर कार्यक्रम सञ्चालन गरिनेछ ।

अभियानका लागि क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको स्वैच्छिक योगदान र इच्छुक शुभेच्छुकहरूको सहयोगबाट स्रोत जुटाइनेछ । सहयोग प्राप्त गर्न कुनै राजनीतिक आबद्धता वा पार्टी सदस्यताको सर्त नराखिने बैठकले स्पष्ट पारेको छ ।

सहयोग आवश्यक पर्ने परिवारले सहज रूपमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइनेछ । कार्यक्रमलाई पारदर्शी, निष्पक्ष तथा सेवामुखी बनाउन आवश्यक कार्यविधि तयार गर्ने, सहयोगको अभिलेख राख्ने र नियमित समीक्षा गर्ने निर्णयसमेत गरिएको सभापति केसीले जानकारी दिए ।

अभियानको उद्देश्य विपन्न परिवारका सुत्केरी आमा र नवजात शिशुलाई आवश्यक परेको समयमा सानो भए पनि व्यावहारिक सहयोग पुर्‍याउनुका साथै मातृ तथा शिशु पोषण र आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउनु रहेको कांग्रेस कास्की क्षेत्र नं. १ ले जनाएको छ ।

राजनीतिक स्वार्थभन्दा माथि उठेर मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावनासहित अभियान सञ्चालन गर्न लागिएको सभापति केसीको भनाइ छ ।

0Shares

Read more

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…

पोखरा महानगर कांग्रेसको सामाजिक उत्तरदायित्व : मृगौला पीडितलाई ३६ हजार ६०५ सहयोग

पोखरा, कार्तिक १४ । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले चाडपर्वको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मृगौला पीडितलाई उपचारका लागि ३६ हजार ६०५ रुपैयाँ आर्थिक सहयोग…

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

कर्माचार्य दम्पतीद्वारा वार्षिक एक लाख ५१ हजार राशिको सामाजिक सेवा पुरस्कार स्थापना

शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष सम्मान गरिने पोखरा । उद्योगी एवं सामाजिक व्यक्तित्व गोविन्द कर्माचार्य र उनकी धर्मपत्नी बिमला कर्माचार्यले शिक्षा, स्वास्थ्य…

नियमित पक्षधरको १५औँ महाधिवेशनको तयारी तीव्र : कास्की अधिवेशन कात्तिक १५ मा, डा. शशांक कोइरालाले उद्घाटन गर्ने

पोखरा। नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनको पक्षमा उभिएका नेता तथा कार्यकर्ताहरूको समूहले कास्की जिल्ला अधिवेशन आगामी कात्तिक १५ गते आइतबार पोखरामा गर्ने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका…