२०८३ मंसिर ४, शुक्रबार Friday, November 20, 2026
खबरदेशमुख्य खबर

‘एक वर्षमा सय कानून’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले यसबीचमा १२६ कानून निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गर्नुभयो ।

उहाँले यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सुसम्बन्ध र सहसञ्चालनलाई सहज ढङ्गले अगाडि बढाइएको र संविधानको कार्यान्वयनका निम्ति बाटो बनाई अभ्यास, नजिर र दृष्टान्त स्थापित गर्ने काम भएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक आचरण, भ्रष्टाचार र आपराधिक घटना नियन्त्रण गरी कानूनको राज कायम गर्न सरकारले काम गरिरहेको छ । संविधानप्रदत्त जनताका मौलिक हक कसरी कार्यान्वयन गर्ने र नीतिहरुको निर्माण र थिति बसाल्न हामीले यसबीचमा समय व्यतीत गरेका छौँ । समावेशिता र समानताको कार्यान्वयनका क्षेत्रमा पनि हामीले छोटो समयमा उपलब्धि हासिल गरेका छौँ ।”

Read more

जब विश्वास बिक्रीको साधन बन्छ

मनीष भुर्त्याल | पोखरा विश्वविद्यालय हामीमध्ये धेरैले आफूले विश्वास गर्ने व्यक्तिले कुनै सामान राम्रो छ भनेर सिफारिस गरेकै आधारमा खरिद गर्ने निर्णय गर्छौं। विशेषगरी सामाजिक सञ्जालमा लामो समयदेखि…

द्रुतमार्ग निर्माणमा अर्को उपलब्धि : महादेवटार सुरुङ छिचोलियो

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। मकवानपुरस्थित महादेवटार सुरुङमार्गको बुधबार ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहबीच सुरुङको…

स्वास्थ्य पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन

पोखरा । युआरएल फाउन्डेसनले स्थापना तथा सञ्चालन गर्दै आएको राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गर्न प्रतिभा छनोट समिति गठन गरेको छ । अग्रज पत्रकार केशवशरण लामिछानेको संयोजकत्वमा गठित…

परशु आधारभूतको हीरक जयन्ती पुस २६ मा, मिति परिवर्तनसँगै तयारी तीव्र

यसअघि पुस ९ गते हुने तय भएको कार्यक्रम १७ दिन पछि सारियो, ३ हजार वा सोभन्दा बढी सहयोग गर्ने चन्दादाताको नाम र रकम हीरक जयन्ती स्तम्भमा अंकित गरिने…

समाजसेवाको स्वर्णिम उदाहरण : लायन्स क्लबले बनायो आरोग्य भवन

पोखरा । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ पोखराले मानवीय सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण योगदान दिएको छ । क्लबको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा निर्माण…

नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की ‘बसन्त’ मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की (वसन्त कार्की) लाई मनोनयन गरेको छ। महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा.…