2Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा राजीनामा नदिने बताएका छन् ।

फुल कोर्ट बहिस्कार गर्दै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्दा जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् ।

विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन नसकिने जबराको भनाइ छ ।

आफ्नो राजीनामा माग्ने न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराले आफू पनि राजीनामा माग्ने जानकारी दिए । उनले आफूलाई भेट्न गएका न्यायाधीशहरुमाथि विभिन्न खाले आरोप लागेको बजारमा सुनेको बताउँदै तपाईँहरु पनि राजनीनामा दिनु हुन्छ भनेर प्रश्न गरेका थिए । त्यसपछि न्यायाधीशहरु त्यहाँबाट बाहिरिएका थिए ।

त्यहाँबाट बाहिरिएका न्यायाधीशहरु पुनः छलफलमा जुटेको स्रोतले बतायो ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected