228Shares

१४ कार्तिक, पोखरा

पोखरा भ्यूज । नेपाली कांग्रेसले वडा, पालिका हुँदै टोलटोलमा संगठन विस्तार गर्न सुरु गरेको नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले गाउँपालिकाको वडा नं धारापानी स्थित बाह्र घर घर टोलमा कांग्रेसको टोल समिति, दलित संघ विस्तार गरेको कांग्रेसले सोटोलमा करिव ७० जनाको उपस्थितिमा टोल समिति दलित संघ विस्तार गरेको क्षेत्रिय प्रतिनिधि यज्ञराज पौडेलले जानकारी दिए

शनिवार सम्पन्न भेलाले स्थानीय कमला सुनारको संयोजकत्वमा ११ सदस्यीय टोल समिति गठन गरेको

नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति मनपती भण्डारी, गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेस कास्कीका ज़िल्लासदस्य युवराज कुँवरको विशेष उपस्थितिमा सम्पन्न कांग्रेस क्रियाशिल सदस्यहरुको भेलाले समितिको सहसंयोजकमा सावित्री बिक, सचिवमा विजय सुनार, सहसचिवमा देविलाल सुनार कोषाध्यक्षमा विष्णु सुनारलाई चयन गरेको हो। समितिका अन्य सदस्यहरुमाआइता कुमारी सुनार, लक्ष्मी सुनार, टेकबहादुर सुनार, टिकाराम सुनार सुक बहादुर गुरूङ रहेका छन।

त्यस्तै भेलाले राजकुमार बिक को संयोजकत्वमा ११ सदस्यीय टोल दलित संघको समेत गठन गरेको संघको सचिवमा शान्ती सुनार कोषाध्यक्षमा विष्णु सुनार चयन भएका छन सदस्यहरूमा क्रमशः आशा परियार, शोभा परियार, देविलाल सुनार, विजय सुनार, लक्ष्मी सुनार टेकबहादुर सुनार चयन भएका नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि विकास गुरूङले बताए

नेपाली कांग्रेसले स्थानीय तहको फेरिएको संरचनाअनुसार पार्टी संरचनामा व्यापक परिर्वतन गर्दै तल्लो तहसम्मै बलियो संगठन बनाउनेअभियानमा रहेको अन्नपूर्ण गाउँपालिकाका सभापति मनपती भण्डारीले बताए

कांग्रेसको नयाँ विधानले गाउँटोल समितिदेखि वडा कार्यसमिति मूल्यांकन गर्न वडा स्तरमै वडा कार्यसम्पादन समितिसमेत गठन गर्नेप्रस्ताव गरेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरको भनाई रहेको थियो।

सो अवसरमा पाटीको सदस्य लिएका विभिन्न व्यक्तिलाई भण्डारी कुँवरले टिका लगाई पाटी प्रवेश गराएका थिए

अन्नपूर्ण गाउँपालिका वडा नं सभापति डिल्लीराम पौडेलको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेस अन्नपूर्णगाउँपालिकाका उपसभापति शुशील भट्टचन, क्षेत्रीय प्रतिनिधि, विकाश गुरुंग, यज्ञ पौडेल, छबी पौडेल, राजु गुरूङ, प्रकाश गुरूङ, मायागुरूङ, तारानाथ पौडेल, कांग्रेसका पुराना नेता मोतीलाल पौडेल, टिकाराम पौडेल लगायतले पार्टी संगठनलाई टोल वडा तहदेखि नैसुदृढ बनाएर अघि बढ्नुपर्ने भनाई राख्नुभएको थियो

भेलामा वडा कार्यसमितिका पदाधिकारी एवं सदस्य लगाएतको उल्लेख्य सहभागिता रहेको थियो

228Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected