
विराटनगर । मोरङ कारागारमा रहेका कैदीहरुबीच झडप भएको छ । चौकीदार किरण गुरुङले चरम यातना दिएको भन्दै मंगलबार दुई समूहबीच झडप हुँदा गुरुङसहित ६ कैदीबन्दी घाइते भएका छन् ।
झडपपछि कारागार प्रशासनले चौकीदार, नाइके र भाइ नाइकेसहित १४ जनालाई अन्यत्र कारागार सरुवा गरेको खबर छ । कारागार प्रशासनका अनुसार चौकीदार गुरुङको समूह र अन्य कैदीबन्दीबीच झडप भएको हो ।
झडपमा चौकीदार गुरूङसहित नाइके किरण गुरुङ, शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सुर्यदीप गुप्ता रहेका छन् । घाइतेहरुको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यताना दिएको भन्दै यहाँका कैदीबन्दीहरू आन्दोलित भएका थिए । चौकीदार गुरूङको शोषण र यातना सहन नसकेपछि गुरूङसहित उनका समूहका १४ जना नाइके र भाइ नाइकेलाई अन्य कैदीबन्दीले एउटा कोठामा थुनिदिएपछि कैदीबन्दीबीच झडप भएको कारागार प्रशासनले जनाएको छ ।








सम्बन्धित खवर
















