२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
कोरोना-विशेष

नर्वेमा कोभिड नियन्त्रण गर्न पुनः कडाइ गरिने

एजेन्सी । नर्वेले बढ्दो कोरोनाभाइरसका सङ्क्रमण रोक्न राष्ट्रव्यापी उपायहरू पुनः अवलम्बन गर्ने भएको छ । नोर्डिक देश जसले सेप्टेम्बरको अन्तमा कोभिड–१९ विरुद्धको जारी सबै प्रकारका प्रतिबन्धहरू हटाएको थियो ।

प्रधानमन्त्री जोनास गाहर स्टोरले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार १८ वर्षभन्दा माथिका मानिसहरूका लागि तेस्रो चरणको खोपको व्यवस्थापन गरिनेछ, अन्य स्वास्थ्य मापदण्ड अवलम्बन गरिनेछ तर बन्दाबन्दी भने गरिने छैन ।

“सरकारले सङ्क्रमण नियन्त्रण गर्न नयाँ राष्ट्रिय उपायहरू लागू गर्नेछ, यद्यपि यो पहिलेको जस्तो कडारूपमा लागू गर्ने बारे अझै निर्णय लिइसकिएको छैन ।” प्रधानमन्त्रीले भने ।

सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको नियमित स्वास्थ्य परीक्षण, मास्कको अनिवार्य प्रयोग लगायतका उपायहरू अवलम्बन गरिने छ । नर्वेमा पछिल्ला दिनहरूमा सङ्क्रमण बढेको पाइएको छ । विशेष गरी जर्मनी र मध्य तथा पूर्वी युरोपमा कोभिड–१९ सङ्क्रमण पछिल्ला दिनमा बढिरहेको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले युरोप फेरि एक पटक महामारीको “केन्द्र“ बन्न सक्ने चेतावनी दिएको छ ।

Read more

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की विजयी

कास्की ।   पोखरा उद्योग वाणिज्य संघको ३५औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की विजयी भएका छन् । भदौ २८ र २९ गते सम्पन्न भएको महाधिवेशन अन्तर्गत भएको मतदानको…

फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) आयो

१ फागुन, काठमाडौं । कोरोनाको विरुद्ध फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) नेपाल भित्रिएको छ । नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप पहिलो चरणमा ३…

टियुले भन्यो- ‘जनस्वाथ्यको मापदण्ड अपनाऔं’

पोखरा भ्यूज १४ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टयु) ले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन अनुरोध गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव…

तञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडीलाई कोरोना पोजेटिभ

ताञ्जानिया । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ । यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना…

दक्षिण कोरियामा पनि देखियो ‘ओमिक्रोन’

सोल । दक्षिण कोरियामा पनि कोभिड (१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका…

‘ओमिक्रोन’को सङ्क्रमण देखिएका मुलुकबाट आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश जारी

काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकबाट…