२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
कोरोना-विशेष

टियुले भन्यो- ‘जनस्वाथ्यको मापदण्ड अपनाऔं’

file photo

पोखरा भ्यूज
१४ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टयु) ले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको जानकारी दिए ।

उनका अनुसार त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरिएको छ ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण कम हुँदै गए पनि विश्वव्यापीरुपमा छिमेकीलगायत केही देशमा उक्त रोगको नयाँ भेरियन्ट विएफ ७ देखा परेको छ । तसर्थ नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भीडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको त्रिविले जनाएको छ ।

नेपालमा नयाँ भेरियन्टको पुष्टि भएको छैन । छिमेकी मुलुक भारत र चीनमा नयाँ भेरियन्ट देखिएकाले नेपाल उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् ।

Read more

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की विजयी

कास्की ।   पोखरा उद्योग वाणिज्य संघको ३५औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की विजयी भएका छन् । भदौ २८ र २९ गते सम्पन्न भएको महाधिवेशन अन्तर्गत भएको मतदानको…

फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) आयो

१ फागुन, काठमाडौं । कोरोनाको विरुद्ध फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) नेपाल भित्रिएको छ । नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप पहिलो चरणमा ३…

तञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडीलाई कोरोना पोजेटिभ

ताञ्जानिया । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ । यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना…

दक्षिण कोरियामा पनि देखियो ‘ओमिक्रोन’

सोल । दक्षिण कोरियामा पनि कोभिड (१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका…

‘ओमिक्रोन’को सङ्क्रमण देखिएका मुलुकबाट आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश जारी

काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकबाट…

पर्वतका २२ सय कोभिड प्रभावितले सरकारको राहत पाउने

पर्वत । पर्वतका झण्डै दुई हजार २०० कोभिड–१९ प्रभावित परिवारले सरकारको सहयोग पाउने भएका छन् । जिल्लाका सातवटा स्थानीय तहका दुई हजार १८८ कोरोना प्रभावित परिवारले सरकारबाट राहत…