चित्रकलामा राइजिङ स्टारकी सुस्मिता प्रथम
पुरस्कार ग्रहण गर्दै विजयी प्रतियोगीहरु । तस्वीरः नगेनसिंह ठकुरी ।

15Shares
पोखरा । लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजना गरेको ‘विइ अल आर कनेक्टेड’ विषयक पीस पोस्टर चित्रकला प्रतियोगितामा राइजिङ स्टार एकेडेमीकी छात्रा सुस्मिता श्रेष्ठ प्रथम भएकी छन् ।
प्रतियोगितामा हिलपोइन्ट सेकेन्डरी स्कूलकी सोयंका गुरुङ व्दितीय, नवप्रभाव मा.वि.की वन्दना कुमाल, तृतीय र हिलपोइन्टकै सोनी पुन पुर्जाले सान्त्वनास्थान प्राप्त गरेका थिए ।
पोखराका विभिन्न विद्यालयबाट ११ देखि १३ वर्ष उमेर समूहका छात्रछात्राबीच प्रतियोगिता गराइएको थियो । प्रतियोगिताका सहभागीहरुले पोखरा न्यूरोडस्थित नगेन आर्ट एकेडेमिमा दिइएको शीर्षकलाई प्रत्यक्ष रुपमा चित्रमा उतारेका थिए ।
प्रतियोगिताका विजेताले क्रमशः नगेन आर्ट एकेडेमिमा आर्ट क्लासमा ५० प्रतिशत (२७०००) र २५ प्रतिशत (१३५००) छुट सहित ट्रफि, मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको छ ।
15Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















