305Shares

स्याङ्जा । राजनीतिलाई सेवा भावका रुपमा लिई विभिन्न संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेका युवा नेता टंक प्रसाद गैह्रे नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा प्रदेश अधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले मंसिर ३ गते हुने स्याङ्जा २ क बाट प्रदेश प्रतिनिधिमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

नेविसंघको राजनीतिबाट सामाजिक र साहित्यिक क्षेत्रमा गैह्रे निरन्तर सेवारत छन् । संस्कृत विश्वविद्यालयबाट आचार्य र त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा दर्शनाचार्यसम्मको अध्ययन गरेका गैह्रेले राजनीति शास्त्रमा एमए गरेका छन् । स्थानीय सरस्वती मावि उदियाचौरबाट नेविसंघको नेतृत्व गरेका गैह्रे विन्दुवासिनी संस्कृत क्याम्पस पोखरा इकाईको नेतृत्व गर्दै नेविसंघ कास्कीको सदस्य, एवं शैक्षिक विभाग प्रमुख, पृथ्वीनारायण क्याम्पस पोखराको इकाई समिति सदस्य, सचिव, उपसभापति र कार्यवाहाक सभापति हुँदै स्ववियु पृथ्वीनारायण क्याम्पसको सभापति दावेदार गरी विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु सदस्य २०६४ , विश्वविद्यालय क्याम्पस कीर्तिपुरको इकाई सदस्य , सचिव, उपसभापति र कार्यवाहक सभापति भई विश्वविद्यालयको नेतृत्व गरेका प्राज्ञिक विद्यार्थी नेताका रुपममा परिचित छन् । नेपाल विद्यार्थी संघको केन्द्रिय विश्वविद्यालय समिति सभापतिमा मनोज मणि आचार्य प्यानलबाट चुनाव लडेर थौरै मतान्तरले पराजित भएका गैह्रै अहिले नेपाली काँग्रेस वालिङ नगरपालिका वडा नं. १३ बाट क्षेत्रीय प्रतिनिधिमा चुनिएका छन् ।


पोखरा र काठमाडौंमा लामो समय पत्रकारिता समेत गरेका गैह्रे, नेपाल प्रेस युनियन कास्कीको सदस्य , सचिव भई सभापतिको दावेदारी प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ कास्कीको जिल्ला कार्यसमिति सदस्य, नेशनल टेलिभिजनको क्षेत्रिय प्रमुख, समाधान दैनिकको भाषा सम्पादक, कीर्तिपुर पोष्टको सम्पादक, नमूना साहित्य समाजको अध्यक्ष भई पोखरामा पत्रकारिता र साहित्यसेवामा समर्पित गराएका थिए । काठमाडौंमै रहेर अहिले कलेजमा प्राध्यापन तथा विद्यावारिधीको तयारीमा रहेका उनी धार्मिक प्रवचन र ज्ञान महायज्ञ सञ्चालनमा पनि उत्तिकै रुची राख्छन् । हाल उनी काठमाडौं स्कूल कलेज अफ सेन्ट्रल स्टेटका शैक्षिक निर्देशक रुपमा कार्यरत छन ।

राजनीतिलाई पेशा व्यवशाय बनाउँन हुँदैन भन्ने गैह्रेको स्पष्ट धारणा रहेको छ । राजनीति भनेको समाज सेवा हो राजनीतिमा धनवाद, डनवाद, चाकडीवाद हुनु हुँदैन भन्ने उनको धारणा रहेको छ ।विकासप्रेमी नेता गैह्रे गाँऊको बाटो निर्माण, आँधिखोला बहुप्राविधिक शिक्षालय स्थापना, मैदाने सिँचाई परियोजना ,गाँऊका लागि एम्बुलेन्स लैजाने जस्ता कार्यमा उनको नेतृत्वदायी भूमिका रहेको छ ।

305Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected