२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

कार्कीनेटामा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने

पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। कार्कीनेटा सम्पर्क समाज पोखराको आयोजना, फलेवास नगरपालिका पर्वतको सहकार्य, दीर्घायू पोखरा हस्पिटल प्रा.लि. नयाँबजार पोखराको प्राविधिक सहयोग तथा फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटाको व्यवस्थापनमा यही पुष १७ गते शनिबारका दिन कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक तथा सम्पर्क समाजका कोषाध्यक्ष पदम श्रेष्ठले जानकारी गराए।

संयोजक श्रेष्ठका अनुसार स्वास्थ्य शिविरमा जनरल फिजिसियन (छाती, पेट, मुटु, सुगर, प्रेसर, थाइराइड), हाड जोर्नी तथा नशा रोग (अर्थो), नाक, कान, घाँटी, स्त्री रोग सम्बन्धी, जनरल सर्जरी, भिडियो एक्सरे, वाल रोग सम्बन्धी उपचार गरिनुका साथै मुटुको इसिजी, युएसजी तथा एवम् सुगरको जाँच सम्बन्धी ल्याब टेष्ट निःशुल्क गरिने उनले बताए ।

कार्कीनेटा सम्पर्क समाजका अध्यक्ष सीता शर्माले समाजले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आइरहदाँ कोभिडको कारण ग्रामीण क्षेत्रबाट शहरमा आई स्वास्थ्य जाँच गर्नको लागि समस्या देखिदा गाउँमै गएर स्वास्थ्य उपचार गर्दा उक्त क्षेत्रमा भएका वासिन्दाहरुलाई प्रत्यक्ष प्रभाव पर्ने भएकोले कार्कीनेटामा बृहत निःशुल्क स्वास्थ्य शिविर गर्नको लागिएको हुँदा आमावुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई मौकाको फाइदा उठाउनुहुन अनुरोध गरेकी थिइन्, उनका अनुसार उक्त कार्यक्रममा निःशुल्क औषधि समेत वितरण गरिने जानकारी गराइन।

कार्कीनेटा वडा, अन्नपूर्ण मावि, कार्कीनेटा स्वास्थ्य चौकी लगायत स्थानीयहरुको विशेष पहललाई मध्य नजर गर्दै शिविर गर्न लागिएको बरिष्ठ उपाध्यक्ष केशव घिमिरेले बताए। उक्त शिविर पुष १७ गते शनिबार अन्नपूर्ण मा.वि. प्राङ्गणमा विहान ९ बजेबाट अपरान्ह ५ बजेसम्म हुने घिमिरेले जानकारी गराए।शिविरमा डा.सुदर्शन सुवेदी, डा. मेघराज लामिछाने, डा. सरिता गुरुङ, डा. डि.बी. लामिछाने, डा.सुमन बराल, डा. सुजन श्रेष्ठ, डा. गोपाल खनाल लगायत करिब १० जना भन्दा बढी विज्ञ डाक्टरहरु रहने छन्।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…