२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

प्रभावकारी बन्दै विद्युतीय हस्ताक्षर प्रणाली

पोखरा भ्यूज ।  नेपालमा पछिल्लो सयम विद्युतीय कागजातलाई संग्रहीत गर्ने एवम् ईमेलमा विद्युतीय हस्ताक्षरको प्रयोग प्रविधि प्रभावकारी बन्दै गएको छ ।
वातावरणमैत्री, सुरक्षित तथा कम खर्चमा छिटोछरितो कार्य सम्पादन गर्न सकिने नविनतम प्रविधिले सरकारी, गैरसरकारी एवं निजी संस्था बिच पत्र आदानप्रदानको कानूनी मान्यता प्राप्त गरेसंगै विद्युतीय हस्ताक्षर प्रभावकारी बनेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रमाणीकरण नियन्त्रकको कार्यालय, सूचना प्रविधि विभाग, नेपाल उड्डयन प्राधिकरण, आन्तरिक राजश्व विभागमा यो प्राणली लागु गरिसकिएको छ ।
त्यस्तै निजामति किताबखाना, लोक सेवा आयोग, काठमाडौ महानगरपालिका, कर्मचारी संचयकोष लगायतका कार्यालयले पनि यसै प्रणालीलाई अवलम्वन गरेका छन् ।
आ.ब. २०७५।०७६ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, स्याङजा जिल्लाको बालिङ नगरपालिकाका दुई वटा वडा, नेपाल प्रहरी र कर्मचारी सञ्चय कोषका सूचना प्रणालीहरुलाई विद्युतीय हस्ताक्षरमैत्री बनाइएको छ ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रमाणीकरण नियन्त्रणको कार्यालयद्धारा आज पोखरामा आयोजित विद्युतीय हस्ताक्षर सम्वन्धि सचेतना कार्यक्रममा सूचना प्रविधि महाशाखा प्रमुख अनिलकुमार दत्तले जानकारी दिएका छन ।
उनका अनुसार उक्त प्रविधि अन्तर्गत क्रिप्टो टोकन, स्मार्ट टोकन वा स्मार्ट कार्ड मार्फ़त विद्युतीय माध्यमबाट गरिने कारोबारमा हस्ताक्षर गर्नको लागि प्रयोग गरिन्छ । जसमा विद्युतीय हस्ताक्षर गर्नको लागि सरकारद्धारा इजाजत प्राप्त संस्था रेडीयन्ट इन्फोटेक नेपाल प्रालिले उपलव्ध गराएको व्यक्तिगत साँचोको उपयोग गरिने व्यवस्था छ ।
“विद्युतीय कारोवारलाई विश्वसनीय, कानुन सम्मत र सुरक्षित बनाउन विद्युतीय हस्ताक्षर आजैदेखि प्रयोग गरौं” भन्ने मूल नारा सहित सञ्चालनमा आएको विद्युतीय हस्ताक्षर कार्यक्रमलाई सवै निकायमा कार्यान्वयनमा ल्याइने महाशाखा प्रमुख दत्तले जानकारी दिए ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले विद्युतीय हस्ताक्षर प्रणालीलाई विश्वसनिय एवम् प्रभावकारी बनाउँदै लैजानु पर्ने आवश्यकता औल्याए ।
जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न नविनतम प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिंदै उनले आवश्यक पूर्वाधार निर्माणका साथै सर्वसुलभ रुपमा जनअपेक्षा अनुरुप प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विद्युतीय हस्ताक्षरको लागि इजाजत प्राप्त संस्था रेडीयन्ट इन्फोटेक नेपाल प्रालिका प्रवन्ध निर्देशक दिपक भण्डारीले अहिलेसम्म बिभिन्न संघसंस्था तथा व्यक्तिलाई ३६ वटा टोकन वितरण गरिएको जानकारी दिए ।
मन्त्रालयका प्राविधि सतिश सुवेदीले विद्युतीय हस्ताक्षर प्रणालीलाई भरपुर उपयोग गर्दै प्रत्येक कार्यालयमा रहेका कागजका पोकाको व्यवस्थापन गर्दै कागज रहित कारोवार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल सरकारद्धारा जारी गरिएको विद्युतीय कारोवार ऐन, २०६३ अनुसार २०७२ मंसीर १६ गते सम्माननीय राष्ट्रपति समक्ष विद्युतीय हस्ताक्षर टोकन वितरणसंगै विद्युतीय हस्ताक्षरले व्यवसायिकता प्राप्त गरेको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा कास्की जिल्लास्थित बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…