२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

औद्योगिक व्यापार मेलाको आन्तरिक तयारीमा पोखरा उवा संघ

पोखरा भ्यूज । पोखरा उद्योग वाणिज्य संघले आउँदो फागुन १६ गतेबाट तय भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी थालेको छ । संघले फागुन १६ देखि २२ गतेसम्म व्यापार मेलाको मिति तय गरेको छ ।

कोभिड–१९ को तेस्रो लहरसँगै प्रशासनले मेला/महोत्सव आयोजनामा रोक लगाए पनि फागुनसम्म स्थिति सहज हुने अनुमानका साथ मेलाको आन्तरिक तयारी अघि बढाइएको संघका अध्यक्ष नारायण कोइरालाले बताए ।
‘२ वर्षदेखि कोभिडका कारण संकुचनमा परेको अर्थव्यवस्थालाई चलायमान बनाउन पनि मेला/महोत्सव आवश्यक छ’,उनले भने,‘ देश सशस्त्र द्वन्द्वमा हुँदा मेला/महोत्सवमार्फत् नै अर्थतन्त्र चलायनमान बनाएको अनुभवलाई हामी यसपटक पनि प्रयोग गर्ने ध्येयले पनि तयारी थालिएको हो ।’ उनले द्वन्द्वकालीन समयमा २० जना मान्छे एकैठाउँमा भेला हुन बन्देज लगाइएको परिस्थितिको स्मरण गर्दै अगाडि थपे,‘संकटको बेला अर्थतन्त्र संकुचनमा पर्छ र त्यसलाई चलायमान बनाउन मेला/महोत्सव आवश्यक पर्छ ।’ यद्यपि, महामारी साम्य नभएमा भने स्वास्थ्यजस्तो संवेदनशील विषयलाई हामी नजरअन्दाज नगर्ने उनले प्रष्ट पारे । उनले स्थिति सहज भए यो पटकको मेला विशुद्ध उद्यमशीलताप्रति समर्पित हुने उद्घोष पनि गरे ।
‘हामी यो पटकको मेलालाई विशेष बनाउने योजनामा छौँ’,उनले भने,‘मेला नवप्रवर्तन, उद्यमशीलता विकास तथा पोखरा र गण्डकी प्रदेशमा नयाँ सम्भावनाको खोजीमा समर्पित रहने छ ।’
संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार मेलालाई उपलब्धीमूलक बनाउन विज्ञहरुसँग छलफल सुरु गरिएको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले संक्रमण बिस्तारै घट्ने आँकलन गरिरहेकाले फागुनसम्म मेलाको अनुमति पाइएला भनेर नै तयारी अगाडि बढाइएको पनि उनले बताए । अहिले भने संघले उद्योगी/व्यवसायीहरुलाई स्वास्थ्य मापदण्ड पालनासहित व्यवसाय गर्न आग्रह गरेको उनले स्मरण गरे ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…